‘अपांगता भएका व्यक्तिको सम्मानकालागि दिर्घकालिन योजना बनोस्’

धनगढी, १३ पुस । प्रदेश सरकार र स्थानीय तहले नीति बनाउने क्रममा अपांगता भएका व्यक्तिहरुको सहभागिता र आत्मसम्मानकोलागि दिर्घकालिन योजना बनाउन माग गरेका छन् ।

यूएनडिपीले शुक्रबार धनगढीमा आयोजना गरेको नेपालमा अपांगता भएका व्क्तिको अधिकार कानूनी व्यवस्था र कार्यन्वयनको अवस्था विषयक कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले सो माग गरेका हुन् ।

कार्यक्रममा सर्वाड्डीण अपांगता विकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टले धनगढी नगरपालिका भित्रै अपांता भएका धेरै बालबालिकाहरु अलपत्र अवस्था रहेको बताउदै उनीहरुलाई व्यवस्थित गर्न सरकारको भूमिका के रहने भन्ने जिज्ञासा राखेका थिए ।

उनले प्रदेश सरकार र स्थानीय सरकारले अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नकोलागि कार्यविधि बनाउदैगर्दा अपांगात भएका व्यक्तिहरुलाई समाबेश गराउन आग्रह समेत गरे ।

त्यसै गरि अपांगता भएका व्यक्ति दिपक चौधरीले नगरपालिकामा सबै भन्दा पहिला सत्य तथ्य तथ्यांक संकलन गर्न अनुरोध गरे । उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई अपांगात भएका व्यक्तिहरुले सरकारबाट पाउने सेवा सुविधाबारे कुनै जानकारी नभएको गुनासो समेत गरे ।

प्रदेश सरकार र स्थानीय सरकारले संयूक्तरुपमा अपांगता भएको व्यक्तिहरुको सवालमा जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी मूलक शिक्षा दिन चौधरीको आग्रह थियो । सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीहरुलाई आपांगतालाई सम्मान मूलक जिवन जिउन व्यवहार समेत सिकाउनु पर्ने अवस्था रहेको बताए ।

त्यसै गरि धर्मराज ओझाले नगरपालिका भित्र बन्ने सडक, भवन, शैचालय लगायत नयाँ बन्ने सबै संरचनामा अपांगमैत्री बनाउन स्थानीय सरकारले पहल गरिनुपर्ने बताए । साथै स्थानीय तहहरुमा अपांगमैत्री डेक्सकोपनि व्यवस्था हुनुपर्ने ओझाको माग थियो ।

उनले अपांगता भएका व्यक्तिहरुले पाउने सेवासुविधाबारे प्रष्टरुपले सार्वजनिक स्थलमा लेखेर टाँसिनुपर्ने आग्रह समेत गरे ।

त्यसै गरि द्धन्द्धका बेला अपांग भएका प्रेम वयकले सरकारको नीति निर्माण गर्ने क्रममा अपांगा भएको व्यक्तिहरु समन्वय र सहभागिता गराई राम्रो नीति बनाउन आग्रह गरे । सरकारले अपांगता भएका व्यक्तिको सवालमा लगानी गर्दा लगानी अनुरुप प्रतिफल आउने नीति बने पक्कैपनि अपांगता भएका व्यक्तिहरु आत्मसम्मान भएको अनुभूति गर्नसक्ने बताए ।

कार्यक्रममा अपांगता भएका व्क्तिहरुको प्रश्नको जवाफ दिदै धनगढी नगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगरपालि भित्र बन्ने हरेक संरचना बालमैत्री, अपांगमैत्री र महिला मैत्री बनाउने प्रयास गरिरहेको बताईन् ।

उनले संरचनालाई मैत्रीपूर्ण बनाउनकोलागि जिल्लामा रहेका इन्जिनियरहरुको सोच परिवर्तन गर्न आवश्यक रहेको पनि बताईन् । अब बन्ने भौतिक संरचनाको नक्सा पास गर्ने क्रममा मैत्रीपूर्ण छ छैना भन्ने कुराको खोजनीति गर्नु कार्यसमिति भित्र छलफल गर्ने उप–प्रमुखको प्रतिवद्धता थियो ।

उनले नगरपालिकाले अपांगता भएको व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नको लागि कार्यविधि बनाएको जानकारी दिदै परिचय पत्र वितरणमा बर्गिकरणको अधारमा कोही नछुट्ने गरि सबैलाई न्यायपूर्णहरुपले परिचयपत्र दिने बताईन् । साथै सो परिचय पत्र वितरणको क्रममा अपांग महासंघबाट सहयोगको अपेक्षा समेत रहेको बताईन् ।

कार्यक्रममा यूएनडिपीका प्रदेश संयोजक बैजन्ती गिरीले कार्यक्रमबारे प्रष्ट पारेकी थिइन् भने लैंगिक समान्ता र सामाजिक सामाबेशीकरण कार्यक्रम विशेषज्ञ विनिताले कार्यक्रमलाई सहजीकरण गरेकी थिईन् ।