निर्मलाको हत्यारालाई जन सरकारले कारबाही गर्छ : प्रकाण्ड

धनगढी, १२ पुस । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले निर्मला पन्तको हत्यारालाई जन सरकारले कारबाही गर्ने बताए ।

बिहिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘केहि समय दिनुहोस्, हामी निर्मलाका हत्यारालाई कार्वाहि गरेर देखाउँछौ’ । वर्तमान सरकार निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएको उद्घोष समेत गरे ।

उनले अर्को प्रसंगमा बोल्दै नेकपा पार्टीको चन्दा असुली गर्ने नीति होईन, पार्टीको गतिविधि सञ्चालनका लागि राष्ट्रिय पुँजिको पक्षधर उद्योगी व्यवसायीहरुबाट स्वैच्छिक सहयोग लिएको बताए ।