भादा महोत्सवको तयारी अन्तिम चरणमा
थारु होमस्टे गाउँ भादा महोत्सव २०७५ को आठौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी नरायण चौधरीले जानकारी दिए ।
‘संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ यहि पुस १७ गतेदेखि २१ गते सम्म शुरु हुना लागेको महोत्सबको तयारी अन्तिम चरणमा पुगेको हो ।
महोत्सब सञ्चालनको लागि मूल आयोजक समितिले १२ वटा उप समिति समेत गठन गरेको अध्यक्ष चौधरीले बताए । उनले तयारी स्वरुप गाउँघर सरसफाई, महोत्सब स्थल सरसफाई गेट निमार्णको कार्यमा तयारी, मञ्च निर्माणमा तयारी, कला सांस्कृति प्रशर्दनीको लागी तयारी भईरहेको बताए ।

उनले बजार व्यवस्थापन समितिको संयोजकमा सिताराम चौधरी, आर्थिक विभाग समितिमा नरायण चौधरी, खानेपानी तथा सरसफाई समितिमा हरि कृष्णा चौधरी, मेष व्यवस्थापन समितिमा सुखराम चौधरी, गेट निर्माण समितिमा लक्ष्मण चौधरी मञ्च व्यवस्थापन समितिमा शिवराज चौधरी लगायतलाई जिम्मा दिइएको बताक्ष्एको छ ।
काम गर्न सजिलो होस् भन्ने उदेश्यले प्रत्येक उप समितिमा पाँच जनाको कार्य समिति बननाएको अध्यक्ष चौधरीले जनाए । उनले लोप हुन लागेको थारु समुदायका सिप, कला संस्कृति, भाषा खानपिन, सम्पदा र प्राकृतिक स्रोतको सदुपयोग गरि आर्थिक तथा सामाजिकरुपले सो समुदायको स्तर अभिबृद्धि गर्ने उदेश्यले महोत्सब सञ्चालन गरिरहेको बताए ।
थारु समुदायको पहिचानलाई पर्यटन व्यवसाय मार्फत राष्ट्रिय तथा अन्तर्रािष्ट्रय रुपले चिनाउनकोलागि यो महोत्सवलाई निरन्तरता दिएको हो ।
महोत्सव संचालनमा करिब ५ लाख खर्च हुने भएकोले सो व्यवस्थापनकोलागि सबैलाई जिम्मेबारी दिएको बताए ।

महोत्सवमा थारु समुदायका महिलाहरुले बनाएको हात सिप जस्तै ढकिया, डेलुवा, लेहंगा, पनछोपनी, मचिया, हेल्का, डेलिया, सिकहर, हसिया, बेल्ना चौकी, लगायत घरायसी प्रायोजनमा प्रयोग हुने सामाग्रीको पनि अवलोकन गर्न सक्ने व्यवस्था रहेको छ ।
त्यसै गरि थारु परिकार ढिक्री, घोंघी, बरिया, फुलौरी, खेर्या, बंगुर तथा मुसक पकुवा, गेङटक पकौरी, सिध्रा, चरङगीक पक्ली, आलुक अचार, पनझझरा, कचरीक बरिया, अण्डी भात, महुँवक दारु, चौरक दारु, जा“र, जा“रके झोल लगायतको खानपीन गर्न सकिने आयोजकले जनाएको छ ।













