धनगढी विमानस्थलमा पौष १० देखि १७ गते सम्म उडान बन्द

धनगढी, १० पुस । नागरीक उड्यान प्राधिकरण धनगढीले, धनगढी विमानस्थलबाट हुने उडान पौष १० गतेदेखि १७ गते सम्म बन्द गर्ने भएको छ।

बर्षातको पानीले विमानस्थलको धावनमार्गमा केहि समस्या आएकोले मर्मतका लागि उडान बन्द गरेको हो। नागरीक उड्यान प्राधिकरण धनगढीका प्रमुख तेजवहादुर बुढथापाका अनुसार बर्षातको पानीले विमानस्थलको धावनमार्ग दबेकाले मर्मतका विहान ६ बजेदेखि साँझ ६ बजे सम्म उडान बन्द गर्ने निर्णय गरेको बताए ।

बेलुका ६ बजेपछि विमान कम्पनीहरुले उडान भर्न सक्ने उनले बताए। ६ बजेपछि साझ बुद्ध एयरले उडान गर्ने बुझिएको छ। विमानस्थल बन्द गर्नका लागि केन्द्रको नागरीक उड्यान प्राधिकरणलाई धनगढीले अनुमती मागेको थियो।

केन्द्रको नागरीक उड्यान प्राधिकरणले सो समयमा विमानस्थल बन्द गर्न स्वीकृती दिएपछि उडान बन्द गर्ने निर्णय भएको प्रमुख बुढथापाको भनाई छ ।