नेपाल विद्यार्थी संघ कैलालीमा समानन्तर कमिटि
धनगढी, ९ पुस । नेपाली का“ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कैलालीमा समानन्तर कमिटि गठन भएको छ ।
नेपाल विद्यार्थी संघ कैलालीको वर्तमान कार्यवाहक समितिले एकलौटी रुपमा जिल्ला प्रतिनिधीहरु खटाएको प्रति असन्तुष्ट भएको जनाइएको छ ।
संघले क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति गणेश शाहसहित उनका पक्षका विद्यार्थी नेताहरुले कार्यवाहक समिति र केन्द्रीय प्रतिनिधीको गतिविधीप्रति असन्तुष्टि व्यक्त गरेपछि प्रतिनिधी हेरफेर गरिएको कार्यवाहक सभापति भेषबहादुर बमले बताए ।
एक विज्ञप्ती जारी गर्दै उनले जिल्ला अधिवेशन १४ गतेभित्र सम्पन्न गर्ने तयारीमा रहेकाले असन्तुष्ट पक्षको भावनालाई समेटेर अघि बढेको जनाईएको छ । सो विज्ञप्तीमा भनिएको छ ‘यसअघि दुबै पक्षबाट पठाइएको प्रतिनिधीहरुको जिम्मेवारी खारेज गरिएको छ ।’
विज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिकामा सुमन केसी, गोदावरी नगरपालिकामा मानबहादुर बुढा, गौरिगंगा नगरपालिकामा तेजबहादुर खडका, घोडाघोडी नगरपालिकामा अजित चौधरी, लम्की चुहा नगरपालिकामा दय उपाध्याय, टीकापुर नगरपालिकामा सिपी सापकोटा र भजनी नगरपालिकामा मनोज देउवालाई जिम्मेवारी दिईएको छ ।
यस्तै, कैलारी गाउ“पालिकामा सुर्य चौधरी, मोहन्याल गाउ“पालिकामा पुष्प भण्डारी, चुरे गाउ“पालिकामा गणेश शाह, जोशीपुर गाउ“पालिकामा ओमजंगबहादुर सिंह, जानकी गाउ“पालिकामा झनक तिमिल्सेना र वर्दगोरिया गाउ“पालिकामा दीपक जोशीलाई खटाइएको जनाइएको छ ।













