बर्दगोरिया गाउँपालिकामा ‘मेरो बाबा लाई चिठ्ठी’ कार्यक्रम शुरु

धनगढी, ९ पुस । कैलालीको बर्दगोरिया गाउँपलिका वडा न ६ मा ‘मेरो बाबा लाई चिठ्ठी’ कार्यक्रम शुरु भएको छ ।

याउँपालिको आयोजना शुरु भएको कार्यक्रम सुआहारा कैलालीले प्राबिधिक सहयोग गरेको हो ।

कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवा, सुशासन तथा आमा र बालबालिकाको स्वास्थ्य पोषण प्रबर्द्धन सम्बन्धि छलफल भएको थियो । यस्तै समुदाय स्वास्थ्य प्राप्त बोर्ड (सि एच एस बि ) र साथ कार्यक्रमको समिक्षा पनि गरिएको आयोजकले बताएको छ ।

कार्यक्रम लागु भइ सकेपछि गाउँ घरका सुत्केरी महिलाले नियमित चेकजाँच गराई रहेका छन् या छैनन् भन्ने रेखदेख गरिरहेका महिला स्वयंसेबिकाहरुले बताए । गर्भवती महिला र सुत्केरी भएका आमाहरुले बच्चालाई नियमित तौल गराउने चेकजाँच गराउनुपर्ने र स्वास्थ्य चौकीमा आएर सुत्केरी गराउन आग्रह गरे ।

बर्दगोरिया गाउपालिका वडा न ६ का वडा अध्यक्ष राम कृष्ण डगौरा थारुको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती डगौरा थारु प्रमुख अतिथी रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा सुआहारा कैलाली जिल्ला कार्यक्रम संयोजक लोकेन्द्र थापा रहेका थियो ।

बर्दगोरिया गाउँपालिका वडा न ६ का सचिव लायकराम चौधरीले संचालन गरेको कार्यक्रममा सुआहाराका फिल्ड सुपरभाईजर सुर्य बस्नेत, सबनम कठरिया, बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाका उप संयोजक कृष्ण भट्ट, कोटातुल्सिपुर स्वास्थ्य चौकी प्रमुख तारा शाही लगाएत स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकिका कर्मचारी, पत्रकारको सहभागिता रहेको थियो ।