यमरी पुन्यःको उपलक्ष्यमा गुठी भोजको आयोजना
काठमाडौं, ८ पुस । नागार्जुन न.पा. ६ टौखेलमा यमरी पुन्यःको उपलक्ष्यमा नागार्जुन बलामी गुठी समाजले गुठी भोज आयोजना गरेको छ ।
गुठी समाजका अध्यक्ष भाईकाजी बलामीले संस्कृति संरक्षणमा अनवरत लागि गुठी भोजको आयोजना गरेको बताए । परम्परा संस्कृति जर्गेना गर्न आफूहरूले वार्षिक रूपमा यमरी पुन्यःको दिन गुठी भोज संचालन गर्दै आएको अध्यक्ष बलामीको भनाई छ । साथै यसलाई निरन्तरता दिन आफूहरू प्रतिबद्ध रहेको बताए ।

गुठी भोजमा सहभागीहरुले भाषा, परम्परा र संस्कृति संरक्षणमा युवा सहभागितामा जोड दिएका थिए । सदस्यहरू बिच गुठीको दिर्घकालिन ब्यवस्थापनको लागि गहन छलफल समेत भईरहेको उनले जानकारी दिए । उक्त गुठीले यस वर्ष नयाँ थकालीको रूपमा कृष्ण बहादुर बलामीलाई सर्वसम्मतिले छनौट गरेको छ । नेवार संस्कृतिमा गुठी मुख्य र आधारभूत एकाईको रूपमा लिईन्छ । संस्कृति संरक्षणामा युवा पुस्ताको सहभागीताले आफु हर्षित भएको थकाली कृष्ण बहादुर बलामीले बताए ।

उक्त गुठीमा ३० बलामी परिवर आबद्ध रहेको छ । गुठी भोजमा करिव ५० जनाको सहभागिता रहेको थियो । बलामीहरू आफूहरूलाई नेवारी जाती अन्तरगत रहेको बताउँछन् ।













