वैद्य सवार गाडी दुर्घटना, चालक घाइते, यस्तो छ वैद्यको अवस्था

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ सवार गाडी दुर्घटनामा परेको छ । पार्टीका कार्यक्रममा सहभागी हुने क्रममा रौतहटमा वैद्य सवार बा ३ च ८४७० नम्बरको मारुती गाडी दुर्घटना परेको हो ।

पूर्वपश्चिम राजमार्गको चन्द्रपुरस्थित सडकमा वैद्य सवार रहेको मारुती भ्यान शुक्रबार राति सडकमा रोकिरहेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।

वैद्यसँगै सवार बाँके कोहलपुर नगरपालिकाका ४१ वर्षका वीरेन्द्र शाही र चालक मानबहादुर चदारा घाइते छन् । तर, वैद्य भने सकुशल रहेका छन् । उनलाई सामान्य चोट मात्रै लागेको माओवादी केन्द्रले जनाएको छ । भ्यानमा क्षतिग्रस्ता भएको बताइएकोक छ ।