दाङ दुर्घटनाः मृत्यु हुनेको संख्या २३ पुग्यो, नामसहित

धनगढी, ७ पुस । शुक्रबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । बसका चालकसहित १४ जनाको सनाखत भएको दाङ प्रहरीले बताएको छ ।

सनाखत भएकामध्ये जुम्ला र दाङ्गका धेरै विद्यार्थी छन् । बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ ।
शव क्षतविक्षत भएको कारण पहिचान खुल्न सकेको छैन । परिवार र आफन्तको सहयोगमा सनाखत भइरहेको प्रहरीले जनाएको छ ।

सनाखत भएकाहरुः

१–कुशुम रावल बर्ष १६ , जुम्ला, चन्दनाथ न.पा.

२–कबिता खत्री बर्ष २१, दाङ्ग बबई गाउँपलिाका ५

३–आतिस नेपाली बर्ष १७ , भेरीगंगा न.पा. ४ जाजरकोट

४–खेमराज भट्ट, बर्ष १७ , कञ्चनपुर , कृष्णनगर न.पा.–५

५–हिक्मत बोहरा बर्ष १७ , जुम्ला चन्दानाथ गा.पा.–३

६–प्रदिप घिमिरे बर्ष २८ दाङ्ग घोराही उ.म.पा.–१७

७–संजित रतगैया बर्ष २० , दाङ्ग दंगिशरण गा.पा.–१

८–बिरेन्द्र कडारा बर्ष २० , जुम्ला कान्कासुन्दरी गाउँपालिका–५

९–नरेश वली बर्ष २८ रुकुम भुमे गाउँपालिका–६

१०–वियय घर्ति ( जिएम ) बर्ष १९ , घोराई–१४

११–शैलाजा शाही बर्ष १७ , जुम्ला हिमा गा.पा.–५

१२–मदन खत्री बर्ष २६ , घोराही–३ दाङ्ग (चालक )

१३–गणेश बिक बर्ष १८, तुल्सीपुर–१८ दाङ्ग (सह–चालक )

१४–अजुन शाही बर्ष १७ , जुम्ला चन्दनाथ न.पा.–१४

घोराही उपमहानगरपालिका वडानम्बर १७ मा अवस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थीहरु शैक्षिक भ्रमणका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा गएका थिए । त्यहाँबाट फर्किने क्रममा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–३ राम्री भीरमा दुर्घटना भएको थियो ।

बसमा ३४ जना विद्यार्थी, दुईजना शिक्षक, चालक र सहचालक गरी ३७ जना सवार थिए ।