डब्लूडब्लूजे कैलालीको माघ ५ गते अधिबेशन
धनगढी, ७ पुस । क्रियाशील पत्रकार महिला कैलाली शाखाको जिल्ला अधिबेशन यहि माघ ५ गते गर्ने निर्णय गरिएको छ । शाखाका अध्यक्ष उन्नती चौधरीको अध्यक्षतामा शनिबारका दिन धनगढीमा बसेको बैठकले सो गर्ने निर्णय गरिएको हो ।
शाखाले अधिबेशनको तयारीसंगै जिल्ला स्थित विभिन्न सञ्चार मिडियामा आबद्ध पत्रकार महिलाहरुलाई पुस मसान्त भित्रै सदस्यता लिन आग्रह समेत गरेको छ । साथै पुरान सदस्यहरुलाई तोकिएकै समयमा सदस्यता नविकरण गरिदिन अह्वान गरेको छ ।
बैठकमा शाखाल पत्रकार महिलाको संख्यात्मक तथा गुणत्मकवृद्धि गर्नु र नीति निर्माण तहमा उनीहरूलाई पु¥याउन सहयोग गरिरहेको अध्यक्ष चौधरीले बताईन् । उनले जिल्लामा क्रियाशील पत्रकारहरुको राजनीति, अर्थ, खेलकुद आदि विषयवस्तुमा पनि पहुँच बढाउनु र उनीहरूको सुरक्षाको वकालत गर्न हरक्षण तयार रहेको बताईन् ।

चौधरीले नेपाल पत्रकार महासंघमा सुदूरपश्चिम प्रदेशको तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाको संख्या एकदमै न्यून रहेको बताईन् । डब्लूडब्लूजे महासंघको सदस्याता लिनको लागि मापडण्ड पुगेका पत्रकार महिलाहरुलाई सदस्यताकोलागि वकालत समेत गर्दै आइरहेको पनि जानकारी दिईन् ।
नेपाल पत्रकार महासंघ सुदुरपश्चि प्रदेशको तथ्यांक अनुसार कैलालीमा दूई सय एक जना मध्ये २७ जना महिला छन् । कञ्चनपुरमा २ सय ७० मध्ये ५९, बैतडीमा ८६ मध्ये १४, दार्चुलामा ५६ मध्ये ६, अछाममा १६० मध्ये १५, डोटीमा ६१ मध्ये ५, बझांगमा ४३ मध्ये ६ र बाजुरामा ६६ मध्ये ७ जना पत्रकार महिलाले सदस्यता प्राप्त गरेका छन् ।













