रवि नेपाल आईडल बनेपछि …

नेपाल आइडल सिजन–२ को विजेता सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओडको घरमा उज्यालो पिएको छ । उनको घरमा विजुली बत्ति छैन तर छोरो विजेता हाँसिल गरेपछि पुरै गाउँ नै उज्यालो भएको छ । गाउँबासी सबै रबिको जितले खुशी भएका छन् ।

रविका गाउँलेहरु कल्पना नै नगरेको अवस्थामा रवि जब विजेता घोषणा भए धेरैले हर्षको आँसु झारेका । रविको घर समनो झुपडी मात्रै छ तर तिनै झुपडीमा प्रतिभा जन्मेको प्रमाणित भएको छ ।