‘ओरेक नेपाल कैलालीले यूवा सञ्जाललाई सशक्त बनायो’

धनगढी, ७ पुस । घोडाघोडी नगरपालिकामा गठन भएको यूवा संञ्जाललाई ओरक नेपाल कैलालीले सशक्त बनाएको छ ।

पाँच वर्ष अगाडी गठित संगठनलाई ओरेक नेपालले ०७३ सालदेखि सामाजिक क्षेत्रमा काम गर्न सशक्त बनाएको नगर संञ्जालका सदस्य तथा वडा सञ्जालका उपाध्यक्ष सावित्रा देवकोटा बताईन् ।

उनले ओरक नेपालले आफूहरुलाई विभिन्न खाले तालिम, गोष्ठी र जनचेतनामूलक कार्याक्रममा सहभागि गराएको बताउदै त्यहाँबाट सिकेको ज्ञानलाई गाउँघरमा बाड्दै आइरहेको बताइन् ।

घोडाघोडी नगरपालिका वडा नं. ५ मा पुल भट्केको कारण सो पुलबाट खसेर दुईजना बच्चाको ज्यान गएको घटनालाई मध्येनजर गर्दै सञ्जालले आफ्नै जनश्रमदानबाट काठेपुल निर्माण गरेको नगर सञ्जालका सदस्य लक्ष्मी देवकोटा बताइन् ।

उनले नगरपालिकामा भागि प्रेम विबाह व्यपक रहेको बताउदै यो वर्ष उमेर नपुग्दै भागि विबाह गर्ने दुई प्रमे जोडीलाई काउन्सिलंग गरेर विबाह गर्नबाट जोगाएको बताईन् । हाल दुबै जोडी नियमितरुपले स्कुल जान थालेको देख्दा संञ्जालले गरेको कामप्रति गौराम्बित भएको बताइन् ।

उनले नगरपालिकाबाट ५० हजार रुपैया बजेट विनियोजन गरि १६ वटा यूवा क्लब गठन गरेको बताउदै प्रत्येक क्लबले मासिक बैठकमा बालविबाह न्यूनिकरणबारे छलफल गर्ने गरेको बताईन् ।

गाउँघर सरसफाई, भौतिक निर्माणमा गुणस्तरिय समाग्री प्रयो भए नभएको बारे खोजनीनिति, लैगिक हिंसा विरुद्धको अवाज जस्ता सवालमा सञ्जालले काम गरिरहेको देवकोटाको भनाई छ ।

त्यसै गरी सञ्जालको पहलमा प्रतिक्षालय निर्माणसंगै बालविबाह न्यूनिकरण सम्बन्धि सचेतनामूलक सडक नाटक, बोक्सी प्रथा विरुद्धको अभियान सञ्चालन, घरेलु हिंसा लैंगिक हिंसा न्यूनिकरणकोलागि कानूनी शिक्षा सम्बन्धी जानकारी समेत लिने र दिने कार्य भईरहेको सञ्जालका सदस्यहरुको भनाई थियो ।

गौरीगंगा नगरपालिका वडा नं. ७ कैलाशपुरमा गठित महिला सञ्जालका पुर्व अध्यक्ष माया जोशीले ओरेक नेपालले हिंसा पीडित महिलाहरुलाई मुस्कुराउन सिकाएको बताईन् ।

उनले कैलाशपुरमा बहुबिबाह र घरेलु हिंसा बढि संख्यामा रहेको बताउदै ओरेक नेपालले दिएको ज्ञान र सीपले यो ठाउँका महिलाहरु आफ्नो दैनिकी नै फेरिएको बताईन् । महिलाहरु गिट्टी कुटेर दैनिकी सात सय रुपैया कमाउने गरेको योगीको भनाईछ ।

हिंसा पीडित महिलाहरु समुहमा आबद्ध भएर मासिक २० रुपैया कोष जमा गर्दै सामुहिकरुपले तरकारी खेति समेत गर्दै आइरहेको बताईन् ।

हिजोका दिन आखामा आँशु देखाउने महिला आज ओठमा मुस्कान लिएर विभिन्ने खाले हिंसा विरुद्ध वकालत गर्दै हिड्न सक्ने भएको बताईन् ।