आफ्नै आफन्तबाट प्रताडित छन् महिला
धनगढी, ५ पुस । महिलाहरु आफ्नै घरपरिवार तथा आफन्तबाट असुरक्षित रहेको एक तथ्यांकले देखाएको छ । ओरेक नेपालको वर्ष पुस्तक अन्वेषीका अनुसार महिलाहरुले आफ्ना भनिएका व्यक्तिहरुबाट नै बढी मात्रामा असुरक्षिता तथा हिंसामा पर्ने देखिएको हो । बिहीबार क्रियाशील पत्रकार महिलाको समन्वयमा ओरेक नेपाल कैलालीद्धारा आयोजित पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक भएको हो ।
ओरेक नेपाल वर्ष पुस्तक २०१७ देखि जुन २०१८ सम्म अभिलेखिकरण गरिएका महिलामाथि भएका जम्मा एक हजार ७४१ वटा महिला हिंसाका घटनाहरु मध्ये सबै भन्दा बढी ६५ प्रतिशत ११४० महिलाहरु माथि घरेलु हिंसा भएको छ ।
त्यस्तै गरी १७ प्रतिशत २९५ महिला सामाजिक हिंसा, ७ प्रतिशत १३० जना बलात्कार, २ प्रतिशत ३७ महिला बलात्कारको प्रयास, ४ प्रतिशत ७२ जना यौनिक हिंसाबाट प्रताडित भएका छन् । एक प्रतिशत १३ जनाको हत्या, १ प्रतिशत ६ महिलाको हत्याको प्रयास, ११ महिलाका बेचबिखन, १९ महिलाको बेचबिखनको प्रयास भएको पाईएको छ भने महिला हिंसाकै कारण १० जनाले आत्महत्या गरेका उल्लेख छ ।

त्यस्तै महिलामाथि सबै भन्दा बढी आफ्नै श्रीमानबाट ५३ प्रतिशत ९२९ महिला र घरपरिवारबाट १७ प्रतिशत २९८ महिला हिंसा पीडित तत्यांकमा उल्लेखित रहेको छ । यता कैलालीमा पनि महिलाहरु आफ्नै घरपरिवार तथा आफन्तबाट अधिक हिंसामा पर्ने ओरेक कैलालीले पनि जनाएको छ ।
ओरेक कैलालीमा जनवरी २०१८ देखि डिसेम्बर २०१९ सम्म अभिलेखीकरण गरिएका महिला हिंसामा घरेलु हिंसा ६१, मानव ओसारपसार १, जबरजस्ती करणी ९, जबर जस्ती करणी उद्योग १ रहेको छ । त्यस्तै यौन हिंसा १४, सामाजिक हिंसा ९, बोक्सीको अरोप २, बहुविवाह ७ र हत्याको प्रयास १ गरि १०५ वटा घटना दर्ता भएको उल्लेख छ । जुन घटनामा पनि धेरै जसो महिला आफ्नो घरपरिवार तथा आफ्न्तबाट पीडित रहेको ओरेक कैलालीले जनाएको छ ।
कार्यक्रम ओरक नेपालका केन्द्रिय सदस्य बसन्ती चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा ओरेक नेपाल कैलालीकी कार्यक्रम संयोजक कार्यक्रमबारे प्रकाश पारेकी थिईन्













