पहिरोले भवन भत्काएपछि छाप्रोमूनि पढ्न बाध्य
कालिकोट, ३ कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–५ को बाघमेला घोडेनामा रहेको कालिका आधारभूत विद्यालयका विद्यार्थीहरु जोखिमपूर्ण अवस्थामा रहेको छाप्रोमूनि बसेर पढ्न बाध्य भएका छन् ।
गत भदौं महिनामा आएको बाढीले बिद्यालयको भवन पहिरोले भत्काएपछि बिद्यार्थीहरु विद्यार्थीहरु टिनले छाएको छाप्रोमूनि बसेर बढिरहेका छन् ।
कक्षा १ देखि ४ सम्म पढाई हुने कालिका आधारभूत विद्यालयमा ६१ जना छात्रछात्रा छन् । विद्यालयमा दुई जना शिक्षक छन् । विद्यालयमा तीन कोठे भवन पहिरोले भत्काएको छ, नयाँ भवन बनाउन नसक्दा अहिले विद्यार्थीहरुलाई एउटै सानोमूनि पढाउन थालिएको वडा अध्यक्ष खडानन्द चौलागाईले बताए । चौलागाईले भने,‘नयाँ भवन बनाउन नसक्दा टिनको छानोमा विद्यार्थीलाई पढाउनु परेको छ ।’

कक्षा १ देखि ४ कक्षासम्मका विद्यार्थीहरुलाई एउटै छानोमा पढाउन पर्दा समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक चरित्राकुमारी शाहीले बताइन् । ‘सबै विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु पर्छ ।’ उनले भनिन्,‘एउटै कक्षामा राखेर पढाउनु पर्दा समस्या भएको छ ।’
विद्यालय भवन निर्माणका लागि बिभिन्न निकायसँग पहल थालिएको र कसैले पनि सहयोग नगरे नगरपालिका आगामी आर्थि बर्षमा विद्यालय भवन बनाउन रकम दिने आश्वासन दिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज शाहीले बताए । ‘विद्यालय बनाउनका लागि बिभिन्न निकायसँग सहयोगका लागि आग्रह गरेका थियौं । अहिलेसम्म कसैले सहयोग गरेको छैन् ।’ उनले भने,‘आगामी आर्थिक बर्षमा नगरपालिकाले सहयोग गर्ने बचन दिएको छ ।’

विद्यालयको तिन कोठे भवन भत्काएपछि अभिभावकहरुले नै टिनको छानो बनाएको टिनको ब्यवस्था अभिभावकहरुले नै गरेको बिद्यालय वडा अध्यक्ष चौलागाईले बताए । ‘टिन र छानो अभिभावकहरुले नै बनाएका हुन् ।’ उनले भने,‘मैले विद्यालय भवन बनाउनका लागि सबै ठाउँमा पहल चालेका छु ।’
कक्षा १ देखि ४ कक्षासम्म विद्यार्थीलाई पढाउनका लागि एक जना राहत शिक्षक र एक जना बाल कक्षाका शिक्षक मात्र रहेका कारणले शिक्षकको समस्या समेत रहेको प्रधानाध्यापक शाहीले बताइन् । ‘विद्यालयमा एक जना बाल कक्षाका शिक्षक र एक म मात्र छौं ।’ उनले भनिन्,‘हामी दुई जनाले मात्र ४ कक्षासम्मका विद्यार्थीलाई पढाउनु पर्दा समस्या भएको छ ।’













