समाचार प्रभाव : मृगौला पीडित चौधरीलाई कोरिया र अमेरिकाबाट १ लाख ४८ हजार सहयोग

धनगढी, २ पुस । मृगौला पीडित अमृत चौधरीलाई उपचारको लागि कोरिया र अमेरिका गरि १ लाख ४८ हजार ६८५ रुपैया आर्थिक सहयोग भएको छ ।

मृगौला पीडित अमृत चौधरीलाई उपचारको लागि कोरियाबाट ७८ हजार ३६१ रुपैया आर्थिक सहयोग भएको छ ।

यस अघि उनको उपचारका लागि अमेरिकाबाट ६५ हजार ३२४ रुपैया आर्थिक सहयोग भएको थियो । यसै गरि काठमाण्ठौंबाट नारायण प्रसाद रिमाल पनि चौधरीको उपचारका लागि पाँचहजार रुपैया आर्थिक सहयोग गरेका छन् ।

कैलारी गाउँपालिका वडा नं. ६ बनकट्टा गाउँका ३१ वर्षिय अमृत चौधरीको दुबै मृगौला फेल भई धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचारत रहेका छन् । उनको उपचारका लागि उक्त रकम सहयोग गरिएको हो ।

केही दिन अगाडी पहुरा थारु दैनिक, कैलारी अनलाईन, मुक्तिक डगर लगायतका मिडिया मार्फत आर्थिक कारणले उपचारमा समस्या भईरहेको समाचार प्रकाशनमा आएको थियो । उक्त समाचारले प्रभावित भई कोरिया र अमेरिकामा रहेको सहयोगी हातहरु पीडित चौधरीको उपचारका लागि सहयोग जुटाएका हुन् ।

हाल कोरियामा रहेका कैलालीका मोहन दहित र अमेरिकामा रहेका कञ्चनपुरका दीपक खुनाको अगुवाईमा संकलित उक्त रकम पीडित चौधरीलाई हस्तान्तरण गरिएको छ । कोरियामा रहेका मोहन दहितका बहिनी सीता दहितको हातबाट उक्त रकम हस्तान्तरण गरिएको थियो । भने अमेरिकाबाट पठाईएको रकम दिपक खुनाको परिवार शर्मिला चौधरी र पत्रकार उन्नती चौधरी मार्फत केही दिन अगाडी नै हस्तान्तरण गरिसकेको हो ।

गोदावरी नगरपालिका–१, अत्तरिया कैलालीका मोहन दहित विगत ९र१० वर्ष देखि कोरियामा बस्दै आएका छन् । उनी चर्चित थारु गीतकार, संगीतकार, गायक तथा मोडल हुन् । यस्तै बेलौरी नगरपालिका–२, तेह्रुवा कञ्चनपुरका दीपक खुना पनि विगत ९र१० वर्ष देखि अमेरिकामा बस्दै आएका छन् ।

यता सहयोग रकम पाए पश्चात पीडित चौधरीको श्रीमति साहेवनी चौधरी उपचारमा राहत मिल्ने बताउदैं सहयोगीहातलाई धन्यवाद दिएकी छन् ।

यसका साथै उनले उपचारका लागि सहयोग गर्ने सहयोगी हातहरुलाई धनगढीमा रहेको नविल बैैंकमा रहेको आफ्नो श्रीमान् अमृत चौधरीको खाता नं. २८१००१७५०६८२३ मा सहयोग रकम जमा गरि दिन पनि अनुरोध गरेकी छन् । विगत डेढ बर्ष देखि स्वास्थ्यमा समस्या आएको चौधरीको उपचारमा मात्रै १० लाख बढी खर्च भएको जनाईएको छ ।

कोरिया र अमेरिकाबाट अमृत चौधरीलाई सहयोग गरेको सहयोगीहातहरुः

कोरिया
१. मोहन दहित चौधरी कैलाली रु ५१,०००
२. प्रेम बहादुर चौधरी कैलाली रु ५१,००० वोन
३. राजकुमार कठरिया कैलाली रु ५१००० वोन
४. नरेन्द्र चौधरी कञ्चनपुर रु ३५,००० वोन
५. सुबाष योगी बर्दिया रु ३०,००० वोन
६. रामसिंह साउद कैलाली रु ३०,००० वोन
७. गोपाल कार्की कास्की रु २०,००० वोन
८. पुर्खा थापा बाग्लुङ रु २०,००० वोन
९ टंक राज गुरुङ लम्जुङ रु २०,००० वोन
१०. बिक्रम लिम्बु इटहरी रु २०,००० वोन
११. यादब पन्धक लिम्बु धरान रु २०,००० वोन
१२. मिलन कोइराला सिन्धुपल्चोक रु २०,००० वोन
१३. लेख प्रसाद पन्त पर्बत २०,००० वोन
१४. बिरमान तामाङ काभ्रे २०,००० वोन
१५. अमर चौधरी कैलाली रु २५,००० वोन
१६. राजकुमार चौधरी कैलाली रु ३०,००० वोन
१७. राजु चौधरी सुर्खेत रु २०,००० वोन
१८. हरिप्रकाश चौधरी कैलाली रु २५,००० वोन
१९. हिरालाल चौधरी कैलाली रु २५,०००वोन
२०. लाल बहादुर साउद कञ्चनपुर रु २१,००० वोन
२१. किसन चौधरी कैलाली रु २०,००० वोन
२३. दिनेश खत्री कैलाली रु ३५,००० वोन
२४. कमल चौधरी कञ्चनपुर रु २०,००० वोन
२५. सबिन राइ धरान ३०,००० वोन
२६. शिब शंकर महतो पर्सा रु २५,००० वोन
२७. दिपक बि.सि. कैलाली रु ३१,००० वोन
२८. कालीचरण चौधरी बर्दिया रु ५०,००० वोन
२९. राज कुमार मोक्तान रु ३०,००० वोन
अमेरिका
१. दिपक खुना कञ्चनपुर यूएस १३३
२. गोपाल चौधरी कञ्चनपुर यूएस ५१
३. भोगेन्द्र चौधरी कञ्चनपुर यूएस ५५
४. देव शंकर महत्तो कैलाली यूएस १०१
५. शिवशंकर थारु कपिलबस्तु यूएस ५०
६. गणेश चौधरी कैलाली यूएस ६०
७. परमेश्वर चौधरी कैलाली यूएस ५०
८. किशोरी चौधरी कञ्चनपुर यूएस १००