पर्यटनलाई उद्योगकोरुपमा विकास गरी नगरबासीलाई आत्मनिर्भर बनाउछौं  : नगरप्रमुख चौधरी

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले घोडाघोडी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना बनाइरहेको बताएका छन् । उनले घोडाघोडी क्षेत्र पर्यटकीय हिसाबले निकै सम्भावना भएको बताउँछन् । पर्यटनलाई उद्योगमा रुपमा विकास गरी नगरबासीलाई आत्मनिर्भर बनाउने योजना बनाएको बताए । सो क्षेत्रलाई सरकारले हालै पर्यटकीय गन्तव्य घोषणा गरेको थियो । घोडाघोडी क्षेत्रलगायत नगरपालिकाका अन्य विविध विषयमा गरेको कुराकानीको संक्षिप्त अंश

हालै सरकारले सार्वजनिक गरेको पर्यटकीय क्षेत्रमा घोडाघोडी ताल पनि यही नगरपालिका भित्र पर्छ, यसको संरक्षण गरी पर्यटकलाई आकर्षण गर्ने के योजना बनाउनु भएको छ ?

घोडाघोडी तालको संरक्षण र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गुरुयोजना बनाएका छौं । घोडाघोडीसँगै यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन बीचका ताल ९ओजाहुवा० मा डुङ्गगा संचालन गर्ने, हात्ती प्रजनन तथा संरक्षण केन्द्र स्थापनाका लागि नीजि क्षेत्रसंँग समन्वय गर्ने, वाटर गेट निर्माण र होमस्टे स्थापना र माघी होमस्टेलाई विकास गर्ने योजना पनि बनाएका छौं ।

त्यसैगरी धार्मिक स्थल निमार्णका लागि विशेष योजना बनाएर काम अघि बढाएका छौं । नगरपालिका सेवा प्रवाह अन्तरगत घर जग्गा पासका लागि कम्प्युटर सिस्टम लेखालाई व्यावस्थापन गर्न सुत्रमा जोड्ने काम हुँदैछ ।

कैलालीको घोडाघोडीमा हात्ती प्रजनन केन्द्र स्थापनाका लागि अध्ययन थालिएको छ । एसियामा हात्तीको संख्या घट्दै गएकाले हात्तीको संख्या बृद्धिका लागि हात्ती प्रजनन केन्द्रको अध्ययन थालिएको हो । घोडाघोडी नगरपालिकामा रहेको चिडिया तालको जंगल क्षेत्रमा प्रजनन केन्द्र बनाउन अध्ययन भइरहेको छ ।

घोडाघोडी तालमा घुम्न आएका पर्यटकलाई बढीभन्दा बढी यो क्षेत्रमा समय बिताउने वातावरण बनाउने गरी तालमा डुंगा सयर गर्ने, फिसिङ गर्ने तथा पर्यटकलाई सूचना घर र चुरेसम्मको ट्रेकिङ र बन्जीजम्पलगायतका सम्भावनाको अध्ययन गुरुयोजनामा गरिनेछ । पर्यटनलाई उद्योगको रुपमा विकास गरी नगरबासीलाई आत्मनिर्भर बनाउने योजना पनि बनाएका छौं ।

घोडाघोडा नगरपालिकाको प्रमुख भएपछि केके गर्नुभयो ?

हामी निर्वाचित भएपछि जनताको आधारभूत समस्यासँगै विकास निर्माणको कामलाई बर्गिकरण गर्यौं । तत्कालिन, मध्यकालिन र दिर्घकालिन रुपमा गर्नुपर्ने काम छुट्याएयौं । शिक्षा, स्वास्थ्य, विकास निर्माणका कामलाई प्राथमिकताका आधारमा काम गरिरहेका छौं ।

शिक्षालाई सबैको पहुँचमा पुर्याउन के योजना बनाउनु भएको छ ?

हामीले सबैभन्दा बढी शिक्षामा फोकस गरेका छौं । चेतनाको विकास पनि शिक्षाले गर्ने भएकोले सबै नगरबासीको पहुँचमा शिक्षालाई पुर्याउने योजना बनाएका छौं । शिक्षा क्षेत्रमा संघ र प्रदेश सरकारबाट आएको बजेट छदैछ । हामीले यो आर्थिक वर्षमा ४ करोड शिक्षामा लगाउने योजना बनाएका छौं । यसको लागि हामीले घोडाघोडी नगरपलिकामा यसै वर्षदेखि कक्षा ८ सम्म प्रत्येक स्कूलमा निःशूल्क शिक्षाको व्यावस्थापन गर्ने, दोस्रो शिक्षामा भएको लागानीको परिणाम खोज्ने र गुणस्तर बृद्धि गर्ने ।

शिक्षाको गुणस्तर कसरी पत्ता लगाउनु हुन्छ ?

यसको लागि हामीले गर्नुपर्ने पहिलो काम विद्यालय मिलानको काम गरिसकेका छौं । सातवटा विद्यालयको मिलान भइसकेको छ । नौवटा मिलान हुन बाँकी छ । शिक्षाको गुणस्तर पत्ता लगाउने सबैभन्दा ठूलो माध्यम भनेकै समाज वा जनता हुन् । हाम्रो नगरले दिएको शिक्षाबाट जनताका छोराछोरीको आनीबानीदखि शिकाई र बुझाईको फरक आउँछ । नगरपालिकाले गरेको कामको सबै कामको मूल्यांकन गर्ने जिम्मा जनतालाई छ ।

नगरपालिकाका सबै बस्तीमा बाटो, खानेपानी पुर्याउनु भएको छ ?

तराई भएकोले सडकको ठूलो समस्या छैन । सबै वडालाई सिधै कार्यालयसम्म जोड्ने सडक, वडा निर्माण भइरहेका सडकलाई कालेपत्रे गर्ने काम जारी छ । यसै वर्ष नगरभित्र ७ कि।मी।कालेपत्रे गर्ने योनजना अन्र्तगत शान्तिनगरमा कालोपत्रे भइसकेको छ । अहिले नगरको सबै वडामा रहेका सडक ग्रवेलको काम पनि भइरहेको छ ।

त्यस्तै सबै नगरबासीलाई स्वछ खानेपानी खाने पुर्याउने योजना छ । अहिले भइरहेका खानेपानीका योजना निर्माणका कामलाई चाँडो पूरा गर्ने परम्परागत विस्तार सुधारको लागि संघीय सांसद गौरीशंकर थारुको संघीय क्षेत्र विकास कोषको २० लाख बजेट माग गरेका छौं, त्यो काम पनि गर्छौ ।

समाजिक सुरक्षाको सवालमा अहिले हाम्रो नगर मात्रै होइन कैलाली जिल्लामै छाडा गाईगोरुको दिगो व्यवस्थापन गर्न जरुरी छ त्यसमा हामीले ध्यान दिएका छौं । नगर वितरण प्रणालीमा सुधार ल्याएका छौं ।