डोटी उद्योग बाणिज्य संघको उप–शाखा बुडरमा
धनगढी, २८ मंसिर । डोटी उद्योग बाणिज्य संघले आफ्नो जोरायल गाउँपालिकाको बुडरमा उप–शाखा संचालन गरेको छ ।
शुक्रवार डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन कलेलले उप–शाखाको उद्घाटन गरेका हुन । बुडर उप–शाखाबाट शुक्रवार देखि नै सेवादिन थालिएको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष कलेलले बताए । बुडर शाखाबाट बुडर, जोरायल, गैरा, बिपीनगर, खेडेउली, बाघछेडा क्षेत्रका ब्यापारीहरुले सेवादिन पाउने भएका छन् ।
स्थानीय ब्यापारीहरुको मागका आधारमा उप–शाखा बिस्तार गरिएको डोटी उद्योग बाणिज्य संघका महासचिव दिपक खड्काले बताए । उनले भने, आवश्यकता र भौगोलिक विकटताका आधार उप–शाखा बिस्तार गर्दै लैजाने बताए ।
बुडरमाउप–शाखा संचाल नगर्नु स्वागत योग्य कुरो भएको बिपीनगरका ब्यापारी प्रेम देउवाले बताए । उनले सानो कामकालागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको बताए ।













