पद्धतीबदलियो मानसिकता बदलिएन : उप–प्रमुख भट्ट
धनगढी,२२ मंसिर । धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख सुशिलामिश्र भट्टले पद्धती वदलिएपनि मानसिकता नबदलिदा संघियता कार्यान्वयनमा समस्या आईरहेको बताएका हुन् ।
शुक्रवार संघिय ब्यबस्थामा स्थानीयतहको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सुझाव संकलन गर्ने बिज्ञटोलीहरुसंगको छलफल कार्यक्रममा उप–प्रमुख भट्टले यस्तो गुनासो गरेकी हुन् । उनले भनिन् यसकालागि संघिय र प्रदेशतहमा बसेका र नीतिनिर्माण गर्नेहरुले बुझ्नु आवश्यक रहेको छ ।
उनले स्थानीयतहमा भएका अधिकारहरु मौका पाएमा प्रदेश र संघ खोस्न तयार रहेको आरोप लगाईन् । स्थानीयतहलाई स्वास्थ्य सम्वन्धी नीति बनाउने बजेट बिनीयोजन गर्ने अधिकार भएपनि कर्मचारीहरुको ब्यबस्थापन चुनौतीपूर्ण रहेको बताए ।













