शृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धाको टप ३० मा पुग्न सफल

मिस वर्ल्डमा नेपाल तर्फबाट सहभागी शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’ मा प्रबेश गरेकि छिन् । मल्टिमिडिया तर्फको प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्दै उनी मिस वल्र्ड प्रतिस्पर्धाको टप ३० मा पुग्न सफल भएकी हुन् ।

नेपाली सहभागीहरुकोलागि यो अवार्ड पाएको पहिलो पटक हो । उनले ब्युटी विथ दि पर्पोज अवार्ड पनि हात पारेकी हुन् ।

मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ यो जानकारी राखिएको छ । मल्टिमिडिया विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा छन् ।

श्रृंखलाको फेसबुक पेजमा ‘आजको अवार्डका साथमा’ भनेर उनको फोटो राखिएको छ । प्रतियोगिता चीनको सान्या शहरमा भइरहेको छ । अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुनेछ ।