बन श्रमिकहरु अधिकारबाट बञ्चित : शाह
धनगढी,१८ मंसिर । नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बन श्रमिकहरु अधिकारबाट बञ्चित रहेको बताएका छन् ।
बन वातावरण श्रमिक संघ कैलालीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले बन श्रीमकहरु अधिकार प्राप्तिकालागि संगठित हुनुपर्नेमा जोड दिए । बन तस्कर, माफियाहरुको शोषण र मारमा श्रमिकहरु रहेको बताउदै बास्तविक बन श्रमिकहरु भन्दा सामुदायिक बन उपभोक्ता महासंघ भित्र कमाउन र राजनिति गर्न खोज्नेहरुको प्रवेशले समस्या सिर्जना भएको औलाए ।
त्यसैगरि धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जिल्लामा रहेका बन श्रमिकहरुको भावना अनुसार नेतृत्व चयन गर्न आग्रह गरे । उनले नेतृत्वमा बस्नकालागि दावि गर्ने तर पार्टीलाई सहयोग कहिल्यै नगर्ने प्रबृतीलाई निरुत्साहित गर्न म आग्रह गर्दछु नगरप्रमुख वडले भने, यही प्रबृतीले नेपाली कांग्रेसमा समस्या भएको बताए ।
नगरप्रमुख वडले कम्यूनिष्टहरु अहिले सामुदायिक बन उपभोक्ता महासंघका नाममा बन श्रमिक माथी शोषण गर्न लागेको आरोप समेत लगाए ।
बन वातावरण श्रमिक संघका केन्द्रीय सदस्य तुलसी देवकोटाले कम्यूनिष्टहरु बन माथि कब्जागर्ने योजनामा लागेकाले उनिहरु कहिल्यै श्रमिकको पक्षमा नहुने बताईन । उनले भनिन्, जिल्लामा कम्यूनिष्टहरुले नेतृत्व गरेका सामुदायिक बनमा भ्रष्टाचार ब्याप्त छ यसको पनि श्रमिकहरुले भण्डाफोर गर्नु पर्छ ।













