मिस सुदूरपश्चिमीको विजेता एलिशा गौतम
धनगढी, १६ मंसिर धनगढीमा सम्पन्न मिस्टर एण्ड मिस टीन सुदूरपश्मिाञ्चल २०१८ को उपाधि विवेकराज जोशी र एलिशा गौतमले हात पारेका छन्।
१३ जना पुरुष प्रतियोगीलाई पछि पार्दै गौतम र जोशीले उपाधि जितेका हुन्। प्रतियोगितामा अडिसन राउण्डमा तीन सय बढी सहभागी भए पनि फाइनलमा १३ महिला र १३ पुरुष गरी २६ जनाले प्रतिस्पर्धा गरेको आयोजकले जानकारी दिएको छ। उपाधीसँगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल समेत प्राप्त गरेका छन्।

यस्तै प्रतियोगितामा महिला र पुरुषतर्फ फस्ट रनरअप क्रमश जेनिफर वेद र प्रशान्त खड्का घोषित भए भने सेकेण्ड रनरअपको उपाधि असुति सिंह र सन्तोष ओझाले प्राप्त गरे।

अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालिको आयोजनामा भएको फाइनल प्रतिस्पर्धामा नेपाली फिल्म जगतका महानायक राजेश हमाल, नायिका सञ्चिता लुइटेल, मिस एसिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिका रहेको अप इन्टरटेनमेन्टका निर्देशक सारा थापाले जानकारी दिइन्। शनिबार धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धा भएको थियो । यो प्रतियोगिता चौथो संस्कण हो।













