निर्मलालाई न्यायको लागि नेकपाको प्रदर्शन
कञ्चनपुर, १६ मंसिर। नेपाल कम्युनिस्ट पार्टीले निर्मला पन्तको न्यायको लागि आज देशभर प्रदर्शन गरेको छ।
नेकपाले कञ्चनपुरलगायत देशैभरी एकैसाथ प्रदर्शन गर्न लागेको हो । काठमाडौँको शान्तिबाटिकामा दिउँसो १२ बजे प्रदर्शन गरेको थियो । बलात्कारपछि हत्या भएको चार महिना पुगिसक्दा पनि दोषी पत्ता लाग्न नसकेको भन्दै नेकपाले विरोध प्रदर्शन गरेको हो ।
निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरबासीले पनि हिजो आन्दोलनका कार्यत्रmम घोषणा गरिसकेका छन् । नेकपाल कञ्चनपुरका अनुसार दिउँसो १२ बजे पुरानो जिल्ला प्रशासनको कार्यालय अगाडिबाट र्यालीको सुरु भएको थियो ।













