लैंगिक हिंसा सामाजिक समस्या हो : उप–प्रमुख भट्ट

धनगढी,१४ मंसिर । धनगढी उपमहानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टले लैङ्गिक हिंसा कुनै लिङ्ग बिशेषको मात्रै मुद्धा नभएर समाजिक समस्या भएको बताएकी छन् ।

धनगढी उपमहानगरपालीको न्यायीक समितिले आयोजना गरेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत जनप्रतिनिधीका लागि कानुनी सचेतना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायीक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । उनले लैङ्गिक मुद्धालाई महिलाको मात्रै समस्याका रुपमा बुझ्दा समस्या भएको बताईन ।

उपप्रमुख सुशिला मिश्र भट्टले लैङ्गिक हिंसा महिलामा मात्रै हुन्छ भनेर नबुझ्न आग्रह गरिन् । उनले भनिन्,हिंसा समाजिक समस्या हो न्यूनिकरण गर्ने अभियानमा सबैको साथ आवश्यक छ । सन् १९६० नोभेम्वर २५ का दिन अर्थात प्रजातन्त्रका लागि लडाई चढ्ने किसान परिवारका तीन बहिनीको बिभत्स हत्य भएको दिनको सम्झनामा सन १९९१ बाट २५ नोभेम्वर देखि १० डिसेम्वर सम्म संयुक्त राष्ट्रसंघले नै लैङ्गिकहिंसा बिरुद्धको १६ दिने अभियान थालेको उपप्रमुख भट्टले बताईन । नेपाल संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र भएकाले यो अभियान चलाउनु कर्तब्य हुन आउने भट्टले बताईन ।

अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला अदालत कैलालीका जिल्ला न्यायाधीस परशुराम भट्राईले बिभिन्न प्रकृतीका लैङ्गिक हिंसा समाजमा ब्याप्त रहेको बताए । उनले लैङ्गिक हिंसा पहिला र पुरुष दुबै माथी हुने गरेको बताए । त्यसैगरी कार्यक्रममा अधिवत्ता जानकी तुलाधरले पनि कार्यपत्र प्रस्तुत गरेकी थिईन ।