धनगढी रंगशालामा नेपथ्यको लाईभ कन्सर्ट

धनगढी, १३ मंसिर । नेपाली लोक आधुनिक सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायम गर्न सफल सांगीतिक समुह नेपथ्यले आज धनगढी रंगशालामा आफ्नो प्रस्तुती देखाएको छ ।

पप गितलाई लोक लय र नेपाली मौलिक लोकगितलाई लोक रक लयमा ढालेर नेपालीगित संगितलाई अन्तर्राष्ट्रियकरण गर्दै आएको चर्चीत नेपथ्य व्याण्डको रंगशालामा हुने लाईभ कन्सर्ट भएको हो ।

मंसिरको पहिलो साताझापाको बिर्तामोडबाट शुरु भएको कन्सर्टयात्रा धरान, बुटवलमा सम्पन्न भई सकेको छ । आज बिहिबार कैलालीको धनगढीमा सम्पन्न हुदैछ ।

केही समयअघि काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुत भइसकेको व्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीत प्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय भएको हो ।
कन्सर्ट आज बेलुकी ५ ः४५ देखि शुरु भएको थियो ।

नेपथ्यको पहिलो एल्बम नेपथ्य देखि ऐना झ्याल एल्बममा समावेश गितहरु सबै उमेर समुहका नेपाली माझ लोकप्रिय छ । धनगढीमा यो ८ वर्षपछि हुदैछ । कन्सर्टमा ६ हजार दर्शकहरुको सहभागीता रहने आयोजकले जनाएको छ । कन्सर्टमा टिकट दर १ हजार रुपैयाँ रहेको छ ।