श्री निवास थारु ५ वटा गित एकसाथ बजारमा ल्याउँदै

काठमाडौं, १३ मंसिर । बिगत लामो समयदेखि थारु गीत सङ्गित क्षेत्रमा चिनिएका गायक श्रीनिवास चौधरी पछिल्लो समय गित संङ्गित क्षेत्रमै व्यस्त रहेका छन् ।

एक महिना अगाडि अन्नु चौधरी र श्रीनिवास चौधरीको आवाजमा स्वरबद्ध गित नजर नजर से नजरिया मिला के गितले निकै चर्चा पाएपछि अहिले ५ वटा गित एक साथ बजारमा ल्याउने तयारी गरेका छन ।

आफ्नै शब्द, सङ्गीत, अनि अन्नु र श्री को आवाज रहेको रूपन्देही भाषाको अर्को नयाँ गित कैसन जादु टोना बोलको गितबाट उनी सफलता हात लाग्नेमा आशावादी छन् ।

युवा पुस्तालाई लक्षित गर्दै (मस्कल जवानी) बोलको गित सुबेश कठरियाको शब्द, गणेश चौधरीको सङ्गीत र एरेन्जमा नव गायिका शुष्मा चौधरीले साथ दिएकी छिन् अहिले थारु समुदायमा पनि भोजपुरी गितको क्रेज निकै बढेको उनी बताउ छन् ।

चुम्मा लेहब दुनु गालमे बोलको गित नरेश केवटको शब्द अनि श्रीनिवासको सङ्गीत र आवाज रहेको छ । त्यसैगरि बिनोद बिकास चौधरीको शब्द र सङ्गितमा पनि नयाँ सफ्ट रोमान्टिक गित श्रीनिवास र सुष्माको आवाजमा सुन्न सकिन्छ । सबै गीतको छायांकन यहि साता सीएस फिल्म्सको पोस्ट उत्पादनमा गर्न लागिएको छ भने, सङ्ग सङ्गै २ बर्ष अगाडि थारु जनकबी बमबहादुर थारुको शब्द, बिकास चौधरीको सङ्गितमा श्रीनिवास र अन्नु चौधरी कै आवाजमा रहेको निकै चर्चित गित (आइल रे आइल माघी) बोलको गित पनि सार्वजनिक भएको छ ।

गीतलाई करिब ७५ हजार स्रोताले सुनिसकेका छन् । जुन गीतमा कपिलबस्तु का चर्चित मोडल रहिश शाह र श्री निवास स्वयं आफै अभिनय गर्दैछन भने नेपाल टेलिभिजन कोहलपुरमा फुलरिया कार्यक्रमकी प्रस्तोता अन्जु चौधरी र चितवन कि सेजल चौधरीले उक्त गितमा अभिनय गर्ने भएका छन् ।