मासिक सेवासुविधा बालबालिकाको शिक्षामा खर्चिदै : थापा
धनगढी, १३ मंसिर । कैलाली जिल्लामा २६ सय बालबालिका शिक्षाको पहुचबाट बाहिर रहेको भन्दै आफूले राज्यबाट पाउने सबै सेवासुविधा शिक्षामा खर्चिरहेको जिल्ला समन्वय समितिका संयोजक शूर्यबहादुर थापाले बताए ।
कैलाली जिल्लामा भर्ना अभियान चलिरहेकोबेला थापाले विभिन्न स्कुलका १ सय १४ जना अनाथ तथा दलित, कमैया र बादी समुदायका बालबालिकाहरुलाई शिक्षा सामाग्री र वर्षक फ्रि तिरिदिएको बताए ।
उनले भर्ना गरेका विद्यार्थीहरु कक्षा एकदेखि ७ सम्म रहेका छन् । उनले भने ‘कुनैपनि बालबालिका जन्मिसकेपछि शिक्षा पाउनु उसको नैर्सगिक अधिकार हो । जसले गर्दा आफ्ै सबै तलब बच्चाको शिक्षामा प्रयोग गर्दै शिक्षाबाट बञ्चित बालिबालिकालाई स्कुल पढाउने अभियानमा लागेको छु ।’
संयोजक थापाले भने ‘यो वर्ष ११४ जना विद्यार्थीहरुको एकमुष्ट रकम तिरिदिएको छु । सबै विद्यार्थीलाई झोला, किताब, कापी, कलम ड्रेस, जुत्ता, भर्ना र वार्षिक फ्रि गरि ७ लाख खर्च भएको छ ।’ ‘मेरो वार्षिक रु ५ लाख हो, कर तिरेर ४ लाख ५० हुन्छ । बाँकी घरको पैसा खर्च गरेको छु ।’
उनले अब अर्को शत्रबाट १५१ जना बच्चालाई सहयोग गर्ने लक्ष्ये राखेको छु । ‘म पाँच वर्ष पछि रहुँला नरहुँला तर बच्चाहरुको पढाईको जिम्मा लिईसकेपछि पुरा गर्छु ।’ उनले न्यूज मुक्तिक डगरसंग कुराकानी गर्दै भने ‘मेरो छोरा छोरी हुर्किसके, घरमा व्यपार छ त्यही व्यपारबाट आउने बोनस बच्चामा प्रयोग गर्छु ।’
मैले आफ्नो पालोमा अभियानको शुरुवाट गरे, त्यसैगरि सबै जनप्रतिनिधिहरु यो अभियानलाई सहयोग र सहकार्य गरे सबै बच्चा शिक्षा पाउन सक्छन् उनले भने ।
उनी जिल्ला शिक्षा समितिको अध्यक्ष समेत भएको कारण शिक्षाबाट बाहिर रहेको बालबालिकाहरुको समस्या समाधान गर्न आफैबाट अभियान थालेको बताए । राज्यले कक्षा १० सम्म निशुल्क शिक्षा भन्छ, तर नारामा मात्रै सिमित रहेकोले अब सरकार गम्भिर बन्न आवश्यक रहेको पनि बताए ।
उनले पुनःदोहोर्याउदै भने ‘व्यक्तिले अभियान चलाउन सक्छ भने, राज्यपनि चाहेपछि गर्न सक्छ भन्दै शिक्षाबाट बाहिररहेका विद्यार्थीहरुको पहिचान गरि यो अभियानमा राज्य जिम्मेवार बनोस् भन्ने अपेक्षा छ ।’
उनले सहयोग गरेका विद्यार्थीहरु सरस्वती मावि लम्की चुहामा ११ जना, राष्ट्रिय मावि थापापुरमा ७ जना, कर्णिाली राष्ट्रिय मावि चिसापानीमा ११ जना, जीवन दिप प्रावि बल्चौरमा २९ जना, शहिद स्मृति मावि लम्कीमा ११ जना विद्यार्थीहरु पढ्दै आईरहेका छन् ।
त्यसैगरि कालिका मावि लम्कीमा २ जना, सरस्वती मावि गेटामा ७ जना, नवज्योति मावि धनगढीमा १ जना, भाग्यश्वरी प्रावि गोदाबरीमा १ जना विजौरामा १ जना, घण्टेश्वर मावि अत्तिरियामा ५ जना, शर्वोदय मावि धनगढीमा २० जना, कैलालीमा ४ जना रहेका छन् ।
यस्तै पञ्चोदय माविमा १४ जना, फूलबारीमा ६ जना, सिद्र्धाथमा १७ जना, सरस्वती मावि कौवापुरमा ५ जना, राष्ट्रिय माविमा १ जना, जनजागृतिमा २ जना, नाता एकेडेमिमा १ जना र बाल कल्याण प्रावि भुरुवामा ४ जना गरि ११४ जना विद्यार्थी रहेका छन् ।













