उदासीपुरमा थारु देउथान स्थापना
कैलाली, १२ मंसिर । गौरीगंगा नगरपालिका वडा नं.१० उदासीपुरमा देउथान (थारु देउता) स्थापना हुने भएको छ । सोही दिन लवाङ्गी पुजा कार्यक्रम पनि गर्ने आयोजकले जनाएको छ ।
थारु गुरुवा बदैवा समाज सेवा समिति तथा बडघर समाज गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका ८ को अयोजनामा यहि मंसिर १६ र १७ गते हुने भएको हो । थारु संस्कार परम्परा प्रचारप्रसार गर्ने उद्देश्यले थारु देउता स्थापना गर्ने थारु गुरुवा बदैवा समाज सेवा समिति गौरीगंगा शाखाका सचिव धनी राम चौधरीले जानकारी दिए ।
कार्यक्रममा थारु कलाकारहरु प्रस्तुति पौराणिक नाच, थारु पौराणिक खेल, थारु खानपान ,गुरुवा नाच, थारु खानपान र थारु देवीदेउताको अवलोकन गर्न सकिने सचिव चौधरी बताए ।
तराईका थारु समुदाय धार्मिक, सांस्कृतिक, ऐतिहासिक प्राकृतिक, तथा जैविक विविधताले भरिपूर्ण रहेका छन् । विभिन्न समयमा पुजापाठका लागि हरेक गाउँमा देउथान रहेको हुन्छ ।













