प्रशासनको लापरवाहीले सरकारी सेवासुविधाबाट बन्चित

धनगढी, ११ मंसिर । पुर्व कमैया श्रीराम चौधरीको नागरिकता प्रमाण पत्रमा जन्म मिति र जारी मिति नलेखिएको कारण उनी सरकारी सेवा सुबिधाबाट बन्चित भईरहेको बताउछन् ।

गौरीगंगा नगरपालिका वडा नं. १० स्थित कमैया कमलरी जागरण बस्तीमा बस्दै आएका चौधरी धेरै वर्षपहिला साविक उदासीपुर ८ लौसाबाट नागरिकता बानाएका थिए ।

उनको नारिकता प्रमाण पत्रमा प्रमुख जिल्ला अधिकारी नन्द कुमार कार्कीको हस्ताक्षर रहेको छ । तर नागरिकतामा न त जन्मा मिति छ, न त जारी गरिएको मिति उल्लेख गरिएको छ ।

चौधरीका अनुसार १४ वर्षको उमेरमा साविक उदासीपुर ८ लौसा स्थित बेदम कठरियाको घरमा १४ वर्ष सम्म कमैया बसे । कमैया बसेकै क्रममा पहिलो पटक नागरिकता लिदा महेन्द्र सरकारको पालामा नेपाली कागजमा नागरिकता प्रमाण पत्र दिने गरेको बताए ।

नागरिकता च्याटिएपछि उनी जिल्ला प्रशासन कार्यालयबाट पुनः प्रतिलिपि निकाले, जुन प्रतिलिपिमा यस्तो लापरबाही भएको हो ।

उनले भने ‘म एउटा कमैया पृष्ठभूमिको मान्छे, पढेलेखेको छैन । नागरिकता पाएपछि घर गए । उतिबेला काम पनि लागेन । म भन्दा कान्छो उमेरकाले बृद्ध भत्ता पाउन थालेपछि वडा कार्यालयमा गएर नागरिकता देखाउदा थहाँ पाए ।’

उनले भने ६ वर्ष लिक्मा कमाए, १ वर्ष अइठामा कमाएको बताउदै कमैया मुक्त भएदेखि शिविरमा बस्दै आएको बताए । उनले नागरिकताको कारण घरमा विद्युतपनि जडान गर्न नमिलेको दुखेसो पोखे ।

पहिला पहिला नागरिकता बनाउने क्रममा धेरैको यस्तो समस्या भएको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने ‘यो एउटा ठूलो लापरबाही हो, यस्तो लापरबाही नदोहोरिन कर्मचारीहरुलाई चेतावनी दिने बताए ।

नागरिकताको दर्ता नं. १४२१ रहेपनि जिल्ला प्रशासनमाको फाईल र कम्प्यूटरमा न भेटिएपछि नयाँ नागरिकताको लागि सम्बन्धित वडालाई सिफारिस बनाई दिन प्रशासनले अनुरोध पत्र लेखेर पठाएउन सक्ने बताए । नन्द कुमार कार्की २०३६ सालमा कैलाली जिल्ला प्रमुख अधिकारी रहेका थिए ।