अभियानलाई सफलपार्न सरोकारवालासंगको समन्वय
धनगढी, १० मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफलपार्न सरोकारवाला संघसंस्थाहरुसंग समन्वय गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागिहरु बताएका छन् ।
अभियान अवधिभर दलित महिला अधिकार मञ्च नेपाल, ओरेक नेपाल, याक नेपाल, मुक्त कमलहरी विकास मञ्च, मानब अधिकारको लागि महिला एकल महिला, महिला मानब मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, फेदो, महिला ग्रामिण विकास मञ्च, बेस कैलाली क्रियाशील पत्रकार महिला लगायतले संयूक्तरुपले विभिन्न कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा अभियानको क्रममा लैंगिक विभेदमा आधारित हिंसाको अवस्था र चुनौती विषयक अन्तरक्रिया, परम्परागत हानीकारक अभ्यास न्यूनीकरणको लागि सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया, बलात्कार विरुद्धको कानून कार्यान्वयन र प्रभावकारी अनुसन्धान प्रकृया विषयक साझा मञ्च, महिला मानव अधिकार रक्षक दिवसको अवसरमा मानव अधिकार रक्षक र अधिकार कर्मीहरुको पहिचान सुरक्षा र चुनौती विषयक अन्र्तक्रिया तथा र््याली गर्ने कार्यक्रम रहेको बताए ।
त्यसै गरि मनव अधिकारको अवस्था सार्वजनिक तथा अन्तरक्रिया, विश्व एडस दिवसको अवसरमा अन्य संघ संस्थाहरुको कार्यक्रममा सहकार्य, महिला हिंसा र महिला स्वास्थ्य सम्बन्धि अभिमुखिकरण आयोजकले जानकारी दिए ।
कार्यक्रममा दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक सावित्रा घिमिरेले सहजीकरण गरेका थिए भने, मानब अधिकारका लागि महिला एकल महिलाका प्रदेश संयोजक बेद अवस्थी कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका अगुवा, पत्रकारहरुको सहभागिता रहेको थियो ।













