सुस्तमनिस्थितिका एक युवती बलात्कृत

कैलाली, १० मंसिर । कैलालीको घोडाघोडी नगरपालिकाका २८ वर्षीय सुस्तमनिस्थितिका एक युवती बलात्कृत भएकी छिन् । उनलाई ४० वर्षीय शेरबहादुर रावल बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ ।

जंगलमा बाख्रा चराउन गएको बेला मंसिर ६ गते दिउसो १२ बजे युवतीमाथि बलात्कार भएको उजुरी परेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

सुखड इलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार घटना भएको चारदिनपछि जाहेरी परेको हो । मंसिर ९ गते घरमा जानकारी भएपछि पीडित पक्षबाट जाहेरी परेको जोशीले बताए ।

पीडित युवतिको स्वास्थ्य जाँचकालागि धनगढी ल्याईएको छ । बलात्कारपछि फरार रहेको रावलको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख तथा प्रहरी नायव उपरीक्षक हरीबहादुर वलीले बताए ।