‘हाम्रो ब्यावहारले कसैले हिंसा महसुस गर्नु हुदैन”
धनगढी, १० मंसिर । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले हाम्रा ब्याहारबाट कसैलाई पनि हिंसा महसुस हुने अबस्था आउन नदिन बताएका छन् ।
उपमहानगरपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रमा बोल्दै नगरप्रमुख वडले भने, कार्यालयमा सेवा प्रवाह गर्दा, बाटोमा हिड्दा, बोल्दा कसैले पनि आफुमाथी लैङ्गिक तथा अन्य किसिमको हिंसा महसुस गर्ने कुरामा सधै ख्याल राख्न जनप्रतिनिधी र कर्मचारीहरुलाई आग्रह गरे । लैङ्गिक हिंसाको पूर्ण अन्त्य हुन नसक्ने बताउदै नगरप्रमुख वडले लैङ्गिकहिंसालाई न्यूनिकरण गर्नसकिने बताए ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टले लैङ्गिक हिंसा महिलामा मात्रै हुन्छ भनेर नबुझ्न आग्रह गरिन् । उनले भनिन्,हिंसा समाजिक समस्या हो न्यूनिकरण गर्ने अभियानमा सबैको साथ आवश्यक छ ।
सन् १९६० नोभेम्वर २५ का दिन अर्थात प्रजातन्त्रका लागि लडाई चढ्ने किसान परिवारका तीन बहिनीको बिभत्स हत्य भएको दिनको सम्झनामा सन १९९१ बाट २५ नोभेम्वर देखि १० डिसेम्वर सम्म संयुक्त राष्ट्रसंघले नै लैङ्गिकहिंसा बिरुद्धको १६ दिने अभियान थालेको उपप्रमुख भट्टले बताईन । नेपाल संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र भएकाले यो अभियान चलाउनु कर्तब्य हुन आउने भट्टले बताईन ।
१६ दिन सम्म उपमहानगरका सबै वडामा कार्यक्रम गरिने धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दमन सिं चौधरीले बताए ।













