कैलालीका पत्रकार लोग्श्वरी कुँवर जितिन् एनपीस अवार्ड
धनगढी, ९ मंसिर । यस वर्षको ‘एनपीस अवार्ड २०१८’ कैलालीका पत्रकार लोग्शरी कुँवर हात पारेकी छिन् । २०६४ सालदेखि धनगढीबाट मर्निङ् बेल नेपाली दैनिक पत्रिकाको प्रकाशन सम्पादन गर्दै आएकी उनी एक वर्षदेखि महिला खबर अनलाइनको सम्पादकका रुपमा कार्यरत छन् ।
कुँवर लैंगिक हिंसा, कुरीति, अन्धविश्वास विरुद्ध सशक्त कलम चलाउँदै आएकी छन् । २०६० सालमा कैलाली जिल्लाको धनगढीबाट प्रकाशित हुने हाम्रो सेती साप्ताहिकको समाचारदाताबाट पत्रकारिता शुरु गरेकी कुँवर सामाजिक अभियन्ताको रुपमा समेत परिचित छन् ।
१५ वर्षदेखि पत्रकारितामा सक्रिय कुँवरले एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ (नभनिएको कथा) अवार्ड जितेको यूएनडीपीको एनपीस नेटवर्कले जनाएको छ ।
यो अवार्डका लागि सम्पादक कुँवरसहित नेपालबाट ४ जना मनोनित भएका थिए ।
एनपीस नेटवर्कले दिगो शान्ति स्थापना र विभेदरहित समाज निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै कुँवरलाई अवार्ड दिने निर्णय गरेको आफ्नो वेवसाइटमा राखेको छ ।













