हिंसामुक्त प्रदेश बनाउन सबैको हातेमालो आवश्यक
धनगढी, ९ मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैंगिकतामा आधारिक हिंसा विरुद्धमा विश्वभर मनाइने १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म (१६ दिन) मनाइने गरिन्छ ।
अभियानको अवसरमा आजदेखि १६ दिनसम्म विश्वभर विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ । यसवर्ष विश्वभर ‘अरेन्ज द वर्ल्ड ह्याज हिअर मि टू’ भन्ने नाराका साथ १६ दिने अभियान मनाईंदै छ ।
नेपालमा भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ‘लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ अभियान मनाईंदैछ ।
अभियानको अवसरमा सुदूरपश्चिम प्रदेश र यूएनआइटीइको संयूक्त आयोजनामा लैंगिकतामा आधारित हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रदेश उप सभामुख निर्मला बडाल जोशीले अहिलेपनि महिलाहरु समाजिक, राजनीतिक, शैक्षिक र आर्थिक हिंसाका सिकार भईरहेको बताईन् । उनले भनिन् ‘महिला जन्मेदेखि मृत्यू सम्म एक खाले हिंसा भोग्नुपर्ने अवस्थाहरेको छ ।’
‘बच्चा जन्मेपछि समाजले सोध्ने पहिलो प्रश्न के भयो छोरा या छोरी ? छोरी भन्ने वित्तिकै जन्मदिनेलाई बधाई समेत आउदैन त्यो पनि हिंसा÷विभेद हो ।’ उप सभामुख बडालले भनिन् ।
गाउँघरमा यस्ता खाले हिंसाको वास्ता नै गर्न छोडे, जब कि छोरीलाई सरकारी र छोरालाई बोडिंग स्कुलमा भर्ना गराईन्छ त्यो पनि समाजमा समान्य अवस्थामा गिन्टी हुन्छ ।
हिंसाको स्वरुपहरुबारे प्रस्ताउदै भनिन्, जनयूद्धकालमा यस्ता खालेहिंसा अन्त्य गर्नको लागि ५० प्रतिशत महिला राजनीतिक लडाईमा घर छोडेर यूद्धको मैदानमा उत्रिए । सयऔं महिलाहरु बलिदानी अर्पण गरे, सडक र सडन दुबै तात्यो तर पनि हिंसा कम भएन । उप सभामुख बडालले भनिन् ।

उनले यो अभियानमा महिला मात्रै नभएर पुरुषहरुकोपनि सक्रिया सहभागिताकोलागि अनुरोध गर्दै सुदुरपश्चिम प्रदेशलाई हिंसा रहित बनाउन सबैको हातेमालो हुन आवश्यक रहेको बताईन् ।
कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक तारा लामा, धनगढी उप महानगरपालिकाका उप प्रमुख शुसिला मिश्र भट्ट, गोदावरी नगरपालिका उप प्रमुख रत्न कडायत, संघसंस्थाको तर्फबाट डा. जानकी तुलाधरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने सांसद पूर्ण जोशीले स्वागत मन्तव्य राखेकी थिईन् ।
के हो १६ दिने अभियान ?
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९१ देखि सुरु भएको हो । यसको मुख्य उद्देश्य लैंगिकतामा आधारित सबैखाले हिंसा र अपराधलाई अन्त्य गरी महिला र पुरुषबीचको असमानता हटाउनु हो ।
यो अभियानको सुरुआतमा विभिन्न २० देशका २३ उत्साहित महिलाको सहभागिता थियो । हाल यो अभियान विश्वभर मनाईने गरिन्छ ।
यो अभियानको थालनीको एक कारण १९६० नेभोम्बर २५ तारिकका दिन डेमिनिक रिपब्लिक तानशाहले आफ्नो सरकार विरुद्ध आन्दोलन गर्ने एकै परिवारका ३ दिदीबहिनीलाई गरेको हत्यालाई पनि लिइने गरिन्छ ।
ती तीन दिदीबहिनीको साहसलाई सम्मान गर्दै ल्याटिन अमेरिकी देशहरुबाट नोभेम्बर २५ कै दिनलाई अभियानको रुपमा मनाउन थालिएको हो । भने संयुक्त राष्ट्रसंघको साधारण सभाले १७ डिसेम्बर १९९९ मा मात्रै यस दिनलाई अन्तर्रा्ष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको औपचारिक मान्यता दिएको थियो ।













