बादी अगुवा उमा वादी बीबीसीको १०० महिलाभित्र
सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी बेलायती प्रसारण संस्था (बिबिसी)को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी छन् ।
सोमबार सार्वजनिक १०० महिलाको सूचीमा वादी उक्त सुचीमा परेकी हुन् । ५४ वर्षीया वादी गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकमा सांसद बनेकी हुन् ।
बिबिसीले उनलाई अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न लागेकी भनेर परिचय दिएको छ । यो सूचीमा संयुक्त राष्ट्र संघकी उपमहासचिव नाइजेरियाकी अमिना जे मोहम्मद, अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्त्री जुलिया गिलार्ड, क्लिन्टन फाउन्डेसनकी उपाध्यक्ष तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व्विदेश मन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनलगायत छन् ।
बिबिसीले हरेक वर्ष १०० जना उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्छ । उनीहरूको जीवन कथा बिबिसीले टेलिभिजन, रेडियो र अनलाइनमा प्रसारण गर्छ ।













