कर्णाली नदीमा ¥याटिङ्ग गर्दै आएका पर्यटकको मृत्यु

कालिकोट, ३ मंसिर । कणाली नदीमा ¥याटिङ्ग गर्दै आएका विदेशी पर्यटकको मृत्यु भएको छ । हुम्लाबाट ¥याटिङ्ग गर्दै आएका विदेशी पर्यटकको बिहिबार बिहान सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ रकुको आम्तडामा मृत्यु भएको हो ।

विदेशी नागरिक कुन देशका हुन भन्ने परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी बिनोद शर्माले बताए । ‘विदेशी नागरिक कुन देशका हुन भन्ने खुल्न सकेको छैन् ।’ उनले भने,‘प्रहरी घटनास्थलतर्फ जादैँछ ।’

¥याटिङ्ग गर्दै आएका विदेशी नागरिकको ढुङ्गा नदी वहाबले कडा चट्टानमा ठोकिएर पर्यटकको मृत्यु भएको स्थानीय नरबहादुर बुढाले बताए ।

घटना भएको ठाँउमा गत बर्ष पनि ¥याटिङ्ग गर्दै आएका एक फ्रान्सेली नागरिकको मृत्यु भएको थियो ।

कर्णाली नदीमा ¥याटिङ्ग गर्दै आउने विदेशी पर्यटक सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ रकुको आम्तडा यसै ठाउँ यी लगाएतका ४ जना ज्यान गइसकेको छ ।