धनगढीमा एक युवाको हत्या, लाश घिसार्दै लगिरहेकोे अवस्थामा सेठी पक्राउ
धनगढी, १ मंसिर । प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज नजिकै २५ बर्षिय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
शुक्रवार राती ९ बजे तिर थापाको हत्या भएको प्रहरीले बताएको हो । हत्या भएको युवालाई रक्ताम्य अवस्थामा घिसार्दै लगिरहेका बेला धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आशिष सेठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोधपुछका लागि हत्या भएको नजिकै घर भएका घरधनी दिपेन्द्र चौधरीलाई पनि पक्राउ गरिएको छ। शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ।













