बहिराकोलागि नमुना विद्यालय बनाउछौं : नगरप्रमुख
धनगढी,२९ कात्तिक । धनगढी उपमहानगरपालीका प्रमुख नृपबहादुर वडले धनगढीको बेलामा बहिराहरुले अध्ययनगर्ने नमुना विद्यालय निर्माण गर्ने बताएका छन् ।
बिहीबार दछिणकाली आधारभूत विद्यालयको तीन कोठे भवनको सिलन्यास गर्दै नगरप्रमुख वडले यस्तो प्रतिवद्धता ब्यक्त गरे । उनले धनगढी उपमहानगरपालीकाले फरक क्षमता भएका ब्यक्तिहरुलाई अवसर दिने कुरा नीति तथा कार्यकक्रमा नै समेटेको बताए ।
धनगढी उपमहानगरपालीकामा एउटा मात्रै बहिराहरुलाई पठनपाठन गराउने बिद्यालयहो नगरप्रमुख वडले भने, यसलाई ब्यबस्थीत बनाएर गुणस्तरीय शिक्षाप्रदानगर्न सकिन्छ ।

विद्यालय भवननिर्माण गर्नकालागि एक दिन श्रमदानगर्न नगरप्रमुखले समुदायसंग आग्रह गरे । बहिरा संघ कैलालीका अध्यक्ष दिनेश पनेरुले बहिराकोलागि बिद्यालय भवननिर्माण गर्न सहयोग गर्नेलाई धन्यवाद दिए । उनले सबैको सहयोग भए चाँडै यस विद्यालयलाई माध्यमिक तह सम्म संचालन गरिने बताए । बिद्यालय भवन धनगढी उपमहानगरपालीका र विल्ड डनको सहयोगमा निर्माण हुन गैरहेको पनि पनेरुले बताए ।
भवन निर्माण समिति र विल्ड डन बिचबिहीबार नै सम्झौता भएको विल्ड डनका ईन्जीनियर गोकुल जोशीले बताए । यस बिद्यालयमा ९० जनाविद्यार्थी मध्य ३५ जनाबहिरा विद्यार्थी रहेका छन् । चाँडै बहिराहरको मात्रै पठनपाठन हुने गरि संरचनानिर्माण गरिने बताईएको छ ।













