कुटपिटपछि मरी भनेर नालीमा फ्याँकिएकी किशोरीको स्वास्थ्य अवस्था सुधार हुदै

धनगढी, २८ कात्तिक। कैलालीको गोदावरी नगरपालिका अत्तरियामा एक किशोरीलाई निर्घात कुटपिट गरि नालीमा फ्याकिएकी किशोरीको स्वास्थ्य अवस्था सुधार भईरहेको बताएको छ । सोमबार बिहान कलेजबाट फर्किने क्रममा १७ वर्षीया ईश्वरी चौधरीमाथी कुटपिट भएको थियो ।

उनलाई कुटपिटपछि मरिसकी भनेर नालीमा फ्याँकिएकी थिइन् । होस आएपछि उनी सडकमा गएकी हुन् । स्थानीय व्यापारीहरुले सडकमा छटपटाइरहेको अवस्थामा चौधरीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट गएको प्रहरी टोलीले किशोरीलाई उपचारका लागि पद्मा अस्पताल अत्तरीयामा भर्ना गरेको थियो । अहिले चौधरीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका इनेस्पेक्टर किसन चन्दले बताए ।