नेपाल प्रहरीमा एआईजी बनेर दुर्गाले रचिन ईतिहास
काठमाडौं, २८ कात्तिक । नेपाल प्रहरीमा महिला एआईजी भएर डा. दुर्गा थापा नयाँ इृतिहास रचेकी छन् । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा पहिलोपटक विशिष्ट श्रेणीमा पुग्ने दुर्गा पहिलो महिला बन्न सफल भएकी हुन् । प्रहरी अस्पतालमा कार्यरत थापा पहिलो महिला एआइजी बनेकी हुन् ।
डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् ।

यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए । पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए । उनीहरूको अवकाश सोही पदबाटै भएको थियो । उनीहरूलाई विशेष पद सिर्जना गरेर डिआइजी बनाइएको थियो ।













