सोडारीको बर्खास्त लगत्तै नयाँ मन्त्रीमा सुवेदीको सपथ
धनगढी, २७ कात्तिक । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी बर्खास्त लगत्तै कृष्णराज सुवेदीलाई नियुक्त गरिएको छ । उनले आजै (मंगलबार) पद तथा गोपनियताको सपथ लिएका हुन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले आजै मात्रै सोडारीलाई बर्खास्त गरी सुवेदीलाई सपथ खुवाएका हुन् । प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीले सपथ लिएका थिए ।

मुख्यमन्त्री भट्टले सोडारीले पदीय मर्यादा विपरित गतिविधि गरेको कारण बखास्त गर्नु परेको जानकारी दिए । पार्टीको निर्देशन अनुसार नै उनी बर्खास्तीमा परेको प्रदेश सरकारले जनाएको छ ।













