अब छिट्टै इज्लासबाट सेवा दिन्छौं : उपाध्यक्ष सत्गौवा

धनगढी, २५ कात्तिक । स्थानीय तहमा गठित न्यायिक समितिले अब चाँडै नै इज्लनसबाट सेवा दिने बताएका छन् । न्यायक समितिमा उजुरी आउन थाले पछि न्यायक समितिलाई भवन अभावका कारण सेवा दिन असहज भईरहेको हुदाँ इज्लासको आवश्यकता परेको हो ।

कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले न्यायको लागि आएका सेवाग्राहीहरुलाई इज्लनस नहुँदा सेवा दिन सहज भएपछि गाउँपालिकासंग इज्लासको माग गरेको बताईन् ।

कैलारी गाउँपालिकाले अब केही दिनमै इज्लासबाट न्यायिक सेवा प्रदान गरिने उपाध्यक्ष सत्गौंवाले जानकारी दिईन् ।

उनले न्याय दिलाउन गाउँपालिकामै इजलासको व्यवस्था गरि बादी र प्रतिबादी दुबै पक्षलाई छलफल गराउन सहज हुने बताईन् ।

हालसम्म गाउँपालिकामा उपाध्यक्षको कार्यकक्षबाटै न्यायक समितिको कामकाज भईरहेकोले ठाउँ अभावको कारण सेवाग्रहीहरुलाई सेवा दिन असहज भईरहेको बताउदै अब कैलारी गापामा यस्तो समस्या समाधान हुने विश्वास रहेको बताईन् ।

गापाले न्यायिक समितिको लागि छुट्टै भवन निर्माणगरि इजलास कक्षको लागि फर्निचर, विद्युतिय व्यवस्था र डेकुरेसन भईरहेको गाउँपालिका अध्यक्ष लाजुराम चौधरी बताए ।

उनका अनुसार भौतिक संरचना मैत्रीपूर्ण रहेको बताउदै सेवाग्राहीहरुलाई सहजताकोलागि भवन नै छुट्टै बनाइएको बताए ।

नेपाल सरकारले न्यायिक समितिलाई इजलासको जिम्मा नदिएपनि न्याय दिलाउने स्थान भएकोले न्यायको लागि आउने सेवाग्राहीले आफ्नो कुरा सहज तरिकाले राख्न पाउने वातावरण मिलाउन इजलासको सिस्टम बसाल्न यो संरचना निर्माण गरेको बताए ।

न्यायिक समितिमा स्थानीय स्तरमा हुने वादविवाद, घरेलु हिंसा, बहुविवाहा, जग्गा सम्बन्धी विवाद जस्ता देवानी प्रकृतिका मुद्धाको उजुरी आइरहेको छ । कैलारी गाउँपालिकामा २०७४/०७५ असोज मसान्त सम्म ८७ वटा उजुरी दर्ता भएको छ ।