निर्मला हत्या प्रकरण : संघर्ष समितिद्वारा अनिश्चितकालीन धर्ना

कञ्चनपुर, २५ कात्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ ।

नागरिक संघर्ष समितिले आइतबार र्यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेका हुन् ।

निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ ।

यसअघि निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनीसमेत दिइसकेका छन् ।