तिमीलाई बुझ्नु त हजुर धेरै परको कुरा भो
कहिले आँफैलाई पढ्न नपुगे जस्तो लाग्छ
तिमीलाई पढ्नु
तिमी लाई बुझ्नु त हजुर
धेरै पर
धेरै धेरै परको कुरा भो
केही हरफ तिम्रा भाव
तिम्रा प्रेम क्रोध
मैले अबश्य पनि
बुझिन होला
किताब जीवन
केही पाना छुटे होला
अबश्य मैले हजुर
तिमीलाई नबुझे हुला
तिमीलाई
नपढे हुम्ला
त्यसैले त
जीवनको यो परिक्षामा
तिम्रो अनुच्छेद प्रश्न छुटे होला
म अनुत्तरित भए
तिम्रो अग्नी परिक्षामा म
अनुतिण भए हुम्ला
फेरी पनि
म तिम्रो थिए
तिम्रो कर्तब्य थियो
मलाई बुझ्ने
सच्याउने कर्तव्य तिम्रो थियो
जिबन मरन साथ दिने तिम्रो त्यो बाचा थियो
कहिले आँफैलाई पढ्न नपुगे जस्तो लाग्छ
तिमीलाई पढ्नु
तिमी लाई बुझ्नु त हजुर
धेरै पर
धेरै धेरै परको कुरा भो













