धनगढी नगरपालिकाद्धारा दीपावली छठ मिलन कार्यक्रम
धनगढी, १९ कातिक । धनगढी उपमहानगर पालिकाको आयोजनामा पत्रकारहरुसंगको दीपावली तथा छठ मिलन कार्यक्रम सम्पन्न भएको छ ।
तिहारको पूर्व सन्ध्यामा नगरपालिकाले पत्रकारहरुसंग शुभकामना आदान प्रदानगर्ने उदेश्यले दीपावली तथा छठ मिलन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा शुभकामना दिदै नगरप्रमुख नृपबहादुर वडले पत्रकारहरु नै समाजका पहरेदार रहेको बताए ।
उनले धनगढी नगरपालीकाले संचालन गरिरहेका हरेक गतिविधीको निगरानी गरिदिन आग्रह समेत गरे गरे । बजारमा मात्रै नभएर अन्य वडामा पनि काम भईरहेकोले रचनात्मक सुझाव दिन पत्रकारहरुसंग आग्रह गरे ।
कार्यक्रममा नगरपालीकाका उपप्रमुख सुशिलामिश्र भटट्ले संघियता नौलो ब्यबस्था भएकाले जनप्रतिनिधि र कर्मचारीहरु सिक्दै अगाडी बढिरहेको बताईन । उनले आफुहरु रचनात्कम कामगर्न लागि परेको बताउदै मिडियाको साथ सहयोग माग्दै धनगढीलाई समृद्ध नगर बनाउन सबैको पहल आवश्यक रहेको बताईन् ।
नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले बिशिष्ट किसिमका योजना बनाएर अघि बढे मात्रै नगरको विकास सम्भव हुने बताए । कार्यक्रममा नेपालपत्रकार महासंघका पूर्व केन्द्रिय उपसभापति उमिद बागचन्द, अध्यक्ष जगत सावद लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।













