दुवै मृगौला फेल भएका अमृत चौधरीको उपचारकालागि सहयोगको अपिल
धनगढी, १९ कार्तिक । कैलारी गाउँपालिका वडा नं. ६ बनकट्टा गाउँका ३१ वर्षिय अमृत चौधरीको दुबै मृगौला फेल भएर मर्नु न बाँच्नु भएको छ ।
परिवारिक अवस्था दयनीय रहेको चौधरीको उपचारमा समस्या भएको छ नै अर्को तिर अमृतलाई विभिन्न रोगले सताइरहेको छ । विगत डेढ बर्ष देखि स्वास्थ्यमा समस्या आएको चौधरीको उपचारमा धनसम्पत्ति सबै खर्च भएको जनाईएको छ ।
उनको श्रीमति साहेवनी चौधरी आफ्नो श्रीमानको उपचार खर्चमा १० लाख बढी खर्च भएको बताईन् । श्रीमानको उपचारका लागि काठमाण्डौ, नेपालगंज सहित भारतको सितारगंज पुगेका साहेवनी रहेको सबै धनसम्पत्ति गुमाईसेकेकी छन् ।
साहेवनीलाई अहिले परिवार पाल्न निकै समस्या भएको छ । साहेवनीलाई आफ्नो दुई छोरीको लालनपानल तथा शिक्षा दिक्षा दिन समेत निकै समस्या भएको हो ।
कृषि बाहेक अन्य आर्थिक श्रोत नरहेको साहेवनी आफू धनगढीमा ज्याला मजदुरी गरि श्रीमानको उपचार खर्च बेहोरी रहेकी छन् । हप्तामा दुइ तीन चोटी श्रीमानको चेकजाँच तथा डाइलसिस् गर्नु पर्ने भएकोले आर्थिक समस्याले साहेवनी हरेस खाइसेकीकी छिन् ।
उपचारमा घरको सबै सम्पत्ति लगाएकी साहेवनीले अहिले सहयोगी हातको खोजीमा रहेकी छन् । उनले उपचारका लागि सहयोग गर्ने सहयोगी हातहरुलाई धनगढी उपमहानगरपालिका स्थित नविल बैैंकमा रहेको आफ्नो श्रीमान् अमृत चौधरीको खाता नं. २८१००१७५०६८२३ मा सहयोग रकम जमा गरि दिन पनि अनुरोध गरेकी छन् ।













