चार दिने यामाहा मिनि मेलामा सयवटा बाइक विक्री

धनगढी, १८ कार्तिक । शुभ दिपावलीको अवसरमा सञ्चालन गरेको यामाहा मिनि मेलामा एक्सचेन्ज र बुकिंग गरि सयवटा बाइक विक्री भएको छ ।

आधिकारिक विक्रेता श्वेता टे«डिङ्ग कन्सर्नले यहि कात्तिक १५ गतेदेखि १८ गते सम्म यामाहा मिनिमेला सञ्चालन गरेको थियो । मेलामा जुन सुकै पुरानो बाइकको मूल्यांकन न्यनतम ३० हजार रहेको थियो ।

धनगढी उत्तरबेहडी कैलालीमोडल स्कुल नजिक आयोजना गरिएको मेलामा हरेक यामाहा बाइक खरिदमा स्क्र्याच गरी रु सात हजार देखि एकलाखसम्म नगद छुटको व्यवस्था र हरेक हप्तामा हुने लक्की ड्र मार्फत यामाहा आरथ्री ड्रिम बाइक जित्न सकिने म्यानेजर भानु चौधरीले जानकारी दिए ।