तीन दिने कार्याशाला गोष्ठी सम्पन्न
धनगढी, १८ कार्तिक । स्थानीय तहका विषयगत समितिको लागि नीतिगत तथा कानुनी व्यवस्था सम्बन्धी तीन दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।
दलित महिला अधिकार मञ्च नेपालद्धारा आयोजित डिसिएको आर्थिक सहयोगमा सो कार्याशाला गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाको सामाजिक, आर्थिक विकास समिति र सुशासन तथा संस्थागत विकास समितिका संयोजक, वडा अध्यक्ष सदस्यहरुको सहभागिता रहेको थियो ।
गोष्ठीमा विषयगत समितिको संयोजक, वडा अध्यक्ष तथा सदस्यहरुलाई नीतीगत तथा कानुनी व्यवस्था बारे प्रशिक्षण दिइएको थियो ।
कार्यशाला गोष्ठीबाट नीतीगत तथा कानुनी व्यवस्थाबारे आफू प्रष्ट भएको गौरीगंगा नगरपालिकाका विनिता महरले जानकारी दिइन् । उनले अब स्थानीय तहमा काम गर्न सजिल हुनुको साथै कानून बनाउनमा समेत सजिलो हुने बताइन् ।
त्यसै गरि कैलारी गाउँपालिकाको भागीरथी चौधरी नीतिगत तथा कानुनी व्यवस्थाबारे अनभिज्ञता रहेकोले काम गर्न समस्या भईरहेको थियो तर अब काम गर्न सजिलो हुने विश्वास व्यक्त गरिन् । कार्यशाला गोष्ठीमा अधिवक्ता पुष्प विक्रम शाही प्रशिक्षण दिएका थिए ।
उनले ास्थानीय तहके विषयगत समितिका संयोजकलाई काम कर्तब्य, कानुनी व्यवस्था, निती निर्माण लगायत बारे जानकारी दिएका थिए । त्यसै गरि धनगढी उपमहानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्टले महिला, आदिवासी जनजाति, दलित तथा पिछडावर्गलाई हक अधिकार, लैंगिक सामानताबारे प्रशिक्षण दिएको दलित महिला अधिकार मञ्च नेपालका कार्यक्रम संयोजक रोशा थापा जानकारी दिईन् ।
दलित महिला अधिकार मञ्च नेपालके कार्यकारी निर्देशक सावित्रा घिमेरे गोष्ठीको सहजीकरण गरेका थिईन् । कार्यक्रममा २४ जना जनप्रतिनिधिहरुकोे सहभागिता रहेको थियो ।













