तिहार नजिकियो बजार पाइएन : पुष्प ब्यावसायी
धनगढी, १८ कातिक । धनगढी उपमहानगरपालीका २ पुरानो भन्सार रोडका चन्द्रबहादुर नेपालीले पुष्प खेती गरेको भएपनि कहाँ लगेर बेच्ने भन्ने समस्यामा छन् ।
चन्द्रबहादुरले आफ्नो १० कठ्ठा जमिनमा फुल (पुष्प) लगाएका छन् । फुल फुलेर पहेलै भएपनि त्यो फुल कहाँ लगेर बेच्ने उनि अन्यौलमा छन् ।
तिहारमा फुल बिक्री हुने आस पालेर बसेका चन्द्रबहादुर अहिले सम्म कसैले पनि अडर नगर्दा चिन्तीत छन् ।
कैलालीमा ठूलो मात्रामा फुलको माग भएपनि भारतबाट आयातीत फुलले बजार लिएरको उनले बताए । यस पटक नफा घाटा जे भएपनि आफु ब्यावसायीक रुपमा पुष्प ब्यावसाय गर्ने सोचमा रहेको चन्द्रले बताए ।
उनले भने,अहिले रैथाले फुल नै लगाएको छु अव उन्नत जातमा पनि लगाउँछु । धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले पुष्प ब्यावसाय गर्नेलाई आफुहरुले तालिम, बिउ तथा अनुदान दिने कुरामा प्रोत्साहित गर्ने बताए ।













