निर्मलाको हत्यारालाई छिट्टै कारबाही हुनुपर्छः रावल
धनगढी, १८ बात्तिक । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले निर्मला पन्तको बलात्कारीलाई छिट्टै कारबाही हुनुपर्ने बताए ।
कञ्चनपुरका १३ वर्षिय पन्तको बलात्कार पछि हत्या गर्ने जति ठूलो व्यक्ति भएपनि करबाही हुनै पर्ने बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले आइतबार धनगढीमा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताए ।

निर्मलाको हत्यारा जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कारबाही हुनुपर्छ भन्ने नेकपाको आधिकारिक धारणा रहेको समेत बताए । नेपाल सरकार छानविन प्रभावकारी गर्ने र दोषीलाई कारबाही गर्न आफ्नो तर्फबाट पुरै शक्ति प्रयोग गरेको बताए ।
रावल अर्को प्रसंगमा बोल्दै भने सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएको विरोध गर्नु विरोधका लागि विरोध मात्रै रहेको नेता रावलले बताए ।
उनले नयाँपन र नयाँकाम स्वीकार्न नसक्नेहरुले गोदावरीमा राजधानी राख्ने निर्णयको विरोध आरोप समेत लगाए ।
गोदावरीमा बाघ हिड्छ, पहिरो जान्छ, जैविक मार्ग मासिन्छ भन्ने कुरा भ्रामक मात्रै रहेको बताउदै गोदावरीमा वस्ती पहिलेदेखि रहेको, राजधानी बनाउने ठाउँमा बुट्यान मात्रै रहेको र संरचना बनाउनुपर्ने ठाउँमा मात्रै बुट्यान काटिने भएकोले एकदमै उपयुक्त रहेको बताए ।













