मापदण्डमै रहेर विद्यालय चलाउ : नगरप्रमुख

धनगढी, १८ कात्तिक । धनगढी उपमहानगरपालिकाको प्रमुख नृपबहादुर वड आधारभूत मापदण्ड पुरा गरेर मात्रै विद्यालय चलाउन आग्रह गरेका छन् ।

प्याब्सन कैलालीले आईतबार धनगढीमा आयोजना गरेको दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो आग्रह गरेका हुन । कतिपय निजी तथा आवासीय विद्यालयहरु आधारभूत मापदण्ड नै पुरा नगरेर संचालन गरिएको नगरप्रमुख वडले बताए ।

नगरप्रमुख वडले निजी विद्यालयलाई प्राविधीक शिक्षा तर्फ जोड दिन आग्रह गरे । कक्षा ८ देखि प्राविधीक शिक्षा पढाउदा त्यसका लागि धनगढी उपमहानगरपालीका वातावरण बनाउन तयार रहेको नगरप्रमुख वडले बताए ।

ब्याब्सनका केन्द्रिय सदस्य रामजी हमालले सरकारको निजी तथा आवासीय विद्यालय र सरकारी विद्यालयलाई हेर्ने दृष्टीकोण फरक रहेको बताए । सरकारले बिभेदकारी निति लिन नहुने सुझाव हमालको थियो ।

प्याब्सन कैलालीका अध्यक्ष पदमबहादुर सावदले आफुहरु संग रहेका कमजोरीहरु सच्याउन निजी तथा आवासीय विद्यालयहरु तयार रहेको बताए ।

उनले भने, गलत मान्छेबाट हुन्छ त्यो सच्याएर अगाडी बढ्न सकिन्छ । अध्यक्ष सावदले नगरप्रमुख बाट सकारात्मक सुझाव आएको भन्दै प्रसंसा समेत गरे । उनले भने, हामी गुणस्तरीय शिक्षा दिनका लागि सधै तयार भएर लागेका छौं सरकारले अनुकुल वातावरण बनाउनुपर्छ ।